हुस्सु र शितलहरले छायाकंन प्रभावित I
Published on: Monday, January 2, 2012 //
मनोरञ्जन
- हुस्सु र शितलहरले छायाकंन प्रभावित /लोडसेडिङको मारले ईनडोरमा समेत असर
काठमाण्डौ, आईतबार देखि देशभर चलेको शितलहर तथा हुस्सुका कारण सम्पूर्ण सिनेमाको आउटडोर छायाकंन प्रभावित भएको छ ।
आउटडोर छायाकंन प्रभावितसंगै ईनडोर छायाकंनमा खुम्चिएको नेपाली सिनेमाको काम दैनिक ११ घण्टे लोडसेडिङले गर्दा थप मारमा परेको छ । हाल फलोरमा थ्रीलभस्र फेसबुक मेरो मनको साथी दुलही रानी विरासत रिलोडेड मिसन पैसा सर्लाहीमा लंका र पूर्वाचलमा एक भोजपुरी चलचित्रको छायाकंन भैरहेको छ । त्यस्तै पर्यटकीय नगरी पोखरामा पौष महिनामा कुनै पनि चलचित्रको छायाकंन हुन सकेको छैन । अन्य समय लेकसाईड लगायतका रमणीय स्थानमा एक्सन कट भन्दै देखिने दृश्य एक महिना देखि नदेखिदा पोखराको चहलपलमा केही शून्यता छाएको बुझिएको छ ।
पौष महिनामा सिनेमाको ब्यापार हुदैन भन्ने मान्यताका कारण समेत केही सुस्ताएको उघोग माघ एक गत देखि भने जुर्मुराउने निश्चित छ । किन कि माघे संक्रान्ती लक्षित गर्दै लुट, बजार र सडक जस्ता चलचित्रको रिलिजले सुस्ताएको उद्योगको ब्यापार बढने निश्चित भएको सिनेमा समिक्षकहरुको तर्क छ । फिल्मीखबर