ट्याक्सी चलाउछन् आर्यन I
Published on: Sunday, January 1, 2012 //
मनोरञ्जन
काठमाण्डौ, पौष १७,
चकलेटी हिरोको ट्याग पाएका आर्यन सिग्देलको उक्त ट्याग अब चकलेटीमा मात्र सिमित रहेन । उनी ब्यबहारिक पनि भएका छन् । लभरब्याय आर्यनले अब हिरोइनका लागि जस्तो सुकै त्याग गर्ने भएका छन् । उनी ट्याक्सी ड्राईभर भएर हिरोईन केकी अधिकारीलाई फकाउने सुर कसेका छन् ।
माघ २७ गते देखि देशब्यापी रिलिज हुन लागेको चलचित्र आईएम सरीमा उनी ट्याक्सी ड्राईभर भएर दर्शकलाई भिन्न स्वाद दिने तयारीमा छन् । महंगा भनेर सिनेकर्मीबाट ओलोचना खेप्दै आएका उनी उक्त चलचित्रको प्रोष्टप्रोडक्सन स्थल लाजिम्पाट स्थित ओडिसी कार्यालयमा भेटिएको बेला भन्दै थिए 'फिल्म सोचे जस्तै राम्रो बनेको छ ।
त्यसैले यहि फिल्मको प्रोमोशनमा ज्यादा ध्यान दिने छु ।' अठार महिना लगाएर छायाकंन गरिएको महंगो बजेटको उक्त चलचित्रलाई हरि महतले निर्माण गरेका हुन भने निर्देशन दिनेश राउतले । 'समय जति पनि लाग्न सक्छ मात्र यति होकि फिल्म कस्तो बनाउने भन्ने कुरा हो त्यसैले समयसंग तुलना नगर्नुस ।'
छायाकंनको समय लामो किन भयो भन्ने प्रसंगमा निर्देशक राउतले भने । यस्तै फिल्मलाई सम्पादन गरिरहेका सुरेन्द्र पौडेलले चलचित्र हरेक पक्ष बाट उत्कृष्ट रहेको भन्दै सम्पादनमा आफुले विशेष ध्यान दिएको बताए ।
सस्पेन्स शैलीको उक्त चलचित्रको एक प्रसंग मात्र मिस भए सम्पूर्ण सिनेमा बिग्रेना भन्दै पौडेलले सम्पादनमा अलिक बादी मिहिनेत गरेको बताए ।
यस्तै रिलिज डेट नजिकिएपछी उक्त चलचित्रको प्रोमोशनलाई पनि तिब्रता दिईएको छ । जस अनुरूप आउदो शनिबार आएमसरीको टिम मनकामना गएर चलचित्रको सफलताको कामना गर्दैछ । प्रोमोशन स्वरूप तयार गरिएको उक्त चलचित्रको फष्ट टिजर हेर्नुस ।फिल्मीखबर