Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

प्रियंकाले यसो भनिन् I

Published on: Sunday, January 1, 2012 //



काठमाण्डौ, पौष १८,

महंगा भएर कारण आलोचना खेपिरहेका अभिनेता आर्यन सिग्देलेको फ्यानफलोइङ जति धेरै छ फिल्म नगरीमा पनि उनको अभिनयको तारिफ नगर्ने सायदै छन् । तर हेरक फिल्ममा एउटै प्रकृतिका स्र्टाईलमा देखिदा त्यो बिषयमा उनी कतै चुकिरहेको छैनन त भन्ने प्रश्नहरूपनि बाहिर आईरहेका छन् ।

तर कुराहरू जे आएपनि गडफादर छवि ओझाले समेत अभिनयको राजा भनेर उनलाई संज्ञा दिईसकेका छन् भने रंगमञ्चका मास्टर अनुप बरालको नजरमा पनि आर्यन नेपालका उत्कृष्ट कलाकार हुन । तर छवि पत्नी रेखा थापासंगको सित युद्ध र उक्त युद्धले निम्ताएको राजनीतिका कारण पछिल्लो समय आर्यनले फिल्म नपाएका प्रसंग पनि बजारमा हल्ला बनेर आईरहेका छन् । तर हल्ला जे सुकै होस यि कुराबाट आर्यनलाई कुनै मतलव छैन । यि दुई स्टार एकै पटक चम्किदा कसले चोर्‍यो मेरो मन हिट भएको फ्रेस उदाहरण एक बर्षमात्र भएको छ । तर यो जोडीलाई सम्भवत अब दर्शकले सिनेमाको पर्दामा पुनः देख्न पाउने छैनन् ।

एकातिर रेखा लविङमा आर्यन तल परिरहेका छन् भने आर्यनको लविङमा रेखापनि तल । केही साता अघि रंग पत्रकार सन्दीप सापकोटाले काठमाण्डू देखि धादिङ र पोखरासम्म गरेको अध्ययनले आर्यन क्रेज कति रहेछ भन्ने प्रमाण प्रत्यक्ष बुझ्दा आर्यन र्सवाधिक लोकप्रिय कलाकार भैसकेका छन । मात्र यति होकि ब्यक्तिगत आचरणको सुधारको आरोपमा उनी आलोचनाका पात्र बनिरहेका छन् । यि त भए आर्यन र रेखाका कुरा ।

प्रसङ्ग जोडौ प्रियकंका कार्की तर्फ । अमेरिकाबाट चार बर्षे फिल्म मेकिङ पढेर केही महिनाका लागि नेपाल आएकी मिस टिन कार्कीले दुई वटा नेपाली फिल्म खेलिसकिन । मेरो बेष्ट फ्रेण्ड र थ्रीलभर्समा काम सुरू गरेको केही साता वित्न नपाउदै उनलाई फिल्म खेल्ने प्रस्ताव थुप्रै आए र तर समय अभावका कारण उनले यो पटकको नेपाल बसाईमा दुई फिल्म बाहेक अन्य नगर्ने बताएकी छिन् । यसै प्रसंगमा फिल्मीखबरले तपाईलाई कुन चाहि हिरोसंग फिल्म खेल्न ज्याद इच्छा छ भन्ने प्रश्नमा उनले भनिन 'आर्यन सिग्देलसंग खेल्न मन छ । उहाँको फिल्महरू हेर्दा उहाँमा धेरै धैर्यता छ जस्तो लाग्यो त्यसैले । ' फिल्मीखबर

0 comments for "प्रियंकाले यसो भनिन् I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!