Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अवकास रोज्ने लडाकूलाई विदा गरिने I

Published on: Thursday, January 26, 2012 //

काठमाडौं, माघ १३,

स्वच्छिक अवकास रोज्ने माओवादी लडाकूको विदाइ प्रक्रिया थालिने भएको छ। लडाकु रेखदेख, समायोजन तथा पुनःस्थापना समितिको शुक्रबार बसेको बैठकले लडाकूको विदाइ प्रक्रिया तीन दिनभित्र थाल्ने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा समिति सदस्य रहेका माओवादी, कांग्रेस तथा एमाले नेता उपस्थित थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी तर्फका विशेष समिति सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले स्वेच्छिक अवकासमा जाने लडाकूको औपचारिक विदाइ प्रक्रिया तीन दिनभित्र सुरु हुने जानकारी दिए। सुरक्षा निकायमा समायोजन हुने लडाकूलाई ब्रिजिङ कोर्सका लागि आवश्यक अवधारणा तयार पार्न प्रधानमन्त्रीले नेपाली सेनालाई निर्देशन दिने जानकारी उनले दिए।(नागरिक)

0 comments for "अवकास रोज्ने लडाकूलाई विदा गरिने I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!