Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I

Published on: Thursday, January 19, 2012 // ,



एजेन्सी, माघ ६,

शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा भएको दुर्घटनामा ६ सैनिकको ज्यान गएको नेटो सेनाका प्रवक्ताले बताएका छन् ।

हेलिकोप्टर कुनै कारबाहीका लागि नगएको सैनिक प्रवक्ताको भनाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । यद्धपी नेटो अधिकारीहरुले घटनामा आतंकवादी समूहको संलग्नता रहेनरहेको विषयमा छानबिन भैरहेको जनाएका छन् ।

हिमआँधिमा २९ जनाको ज्यान गयो

यसैबीच अफगानिस्तानमा हिमआँधिमा परी २९ जनाको ज्यान गएको छ । बदखसान प्रान्तको पूर्वी पहाडी क्षेत्रमा गएको सोमबारदेखि नै हिमआँधी चलेको सरकारी अधिकारीहरुले बताएका छन् ।

आँधीमा परेर ४० जना भन्दा धेरै घाईते भएका छन् । बदखसान प्रान्तको राजधानी फैजाबाद आसपास सडकमा दुई मिटरसम्म हिउँ परेकाले जनजीवन कष्टकर बनेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । – एजेन्सीको सहयोगमा

0 comments for "हेलिकप्टर दुर्घटनामा ६ अमेरिकी सेनाको ज्यान गयो I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!