थ्री लभर्स र फेसबुक एकैसाथ सकियो I
Published on: Friday, January 13, 2012 //
मनोरञ्जन

दुई फरक चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सुटिङ एकैदिन सकिएको छ । ३५ दिनमा 'थ्री लभर्स' र ४३ दिनमा 'फेसबुक' को सुटिङ प्याकअप गरिएको हो ।
'थ्री लभर्स' को चावहिल स्थित एक रेष्टुरेण्टमा चलचित्रका सम्पूर्ण टिमको उपस्थितीमा नाचागान सहित बिशेष भोजको आयोजना गरिएको थियो भने 'फेसबुक' को बानेश्वर स्थित एक पार्टी प्यालेसमा बिशेष जमघट सहित खुसी साटासाट गरिएको थियो । रमाईलो वातावरणमा चलचित्रको सुटिङ सकिएको र निकै राम्रो काम भएको दुबै चलचित्रका निर्माता निर्देशकको भनाई छ ।
बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठको निर्माणमा सुरेश दर्पण पोखरेलले निर्देशन गरेको चलचित्र 'थ्री लभर्स' मा निरज बराल, प्रियंका कार्की, देबु श्रेष्ठ, सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको मुख्य भुमिका रहेको छ । शिबम अधिकारीको कथा रहेको सो चलचित्रमा राजन इशानको संगीत, पुरूषोत्तम प्रधानको छायाँकन, हिमाल केसीको द्वन्द, शंकर बिसी, कविराज गहतराज र पूनम राईको नृत्य रहेको छ । सस्पेन्स थ्रीलर लभस्टोरी चलचित्र 'थ्री लभर्स' को सुटिङ काठमाण्डूमा नै गरिएको हो ।
यता सुनिल कुमार थापाको निर्माणमा सुरज सुब्बाले निर्देशन गरेको चलचित्र 'फेसबुक' मा राजेश हमाल, झरना थापा, स्वतन्त्र प्रताप शाह, सुनिल थापाअ, सुवास थापा, विल्सन विक्रम राई, अनुराग मानसिंह कुवँर, सुमन गैरे, मटिन खान, अभिमन्यू केसी 'केडी', राजकुमार बिष्ट, धिरेन्द्र चन्द लगायतले अभिनय गरेका छन् । बेरोजगार युवाहरूको कथामा आधारित उक्त चलचित्रमा सुनिल बर्देवाको संगीत, संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराजको करियोग्राफी रहेको छ । सिंगापुर र काठमाण्डौमा छायाँकन गरिएको चलचित्र 'फेसबुक' को कथा निर्देशक सुब्बाले नै लेखेका हुन् ।फिल्मीखबर