Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री भट्टराई र कोइरालाबीच छलफल I

Published on: Sunday, January 22, 2012 //


काठमाडौं, माघ ९,

तत्कालिन जनसत्ताले गरेका निर्णयलाई मान्यता दिने सरकारको निर्णयपछि बिग्रिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विपक्षी दलका नेताहरुसितको छलफललाई तीव्रता दिनुभएको छ । शान्ति, संविधान र संसदको गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री भट्टराई र नेपाली कांग्रेस सभापति सुशील कोईरालाबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान कोईराला निवासमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले शान्ति र संविधान लेखन प्रकृया अगाडि बढाउन सहयोग गर्न कोईरालालाई आग्रह गर्नु भएको थियो । प्रधानमन्त्रीले जनसत्ताले गरेका निर्णयलाई मान्यता दिने निर्णय सरकारले फिर्ता लिने बताउँदै शान्ति र संविधानमा सहयोग गर्न कोईरालाई भन्नु भएको थियो ।

जवाफमा सभापति कोईरालाले विवाद श्रृजना हुने काम नगर्न प्रधानमन्त्रीलाई सुझाब दिनुभएको थियो । प्रधानमन्त्री भट्टराईले अन्य दलका नेतासँग पनि छलफल गर्ने उहाँको नीजि सचिवालयले जनाएको छ ।

आइतबारदेखि नै विपक्षी दलसँगको छलफललाई तीब्रता दिएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनसत्ताका निर्णयलाई सरकारी मान्यता दिने निर्णय फिर्ता हुने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले सदनको गतिरोध अन्त्य गरी शान्ति र संविधान निर्माणको वातावरण बनाउन विपक्षी दलहरुसित आग्रह गर्नुभएको छ ।

मन्त्रीपरिषद्ले गत माघ २ शसस्त्र द्वन्द्वका बेला तत्कालीन जनसत्ताले गरेका घरजग्गा किनबेच, अंशबन्डा र बकसपत्रका निर्णयलाई सरकारी मान्यता दिने निर्णय गरेपछि कांग्रेस एमाले लगायतका प्रतिपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध गरेका छन् । सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिईसकेको छ । उज्यालो नेटवर्क

0 comments for "गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री भट्टराई र कोइरालाबीच छलफल I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!