ट्वीटरमा साउदी राजकुमारको ३० करोड लगानी I
Published on: Tuesday, December 20, 2011 //
विज्ञान प्रविधि
एजेन्सी। सामाजिक सञ्जाल ट्वीटरमा एक अरबपति अरेवियन राजकुमारले लगानी गर्ने भएका छन्। समाचारमा जनाइए अनुसार साउदी अरबका राजकुमार अलवलीद बिन तलालको किंगडम होल्डिंग कम्पनीले सामाजिक सञ्जाल टि्वटरमा ३० करोड डलर लगानी गर्न लागेको हो।
कम्पनीले हालै दिएको जानकारी अनुसार धेरै महिनासम्म दुई पक्षविच भएको वार्तापछि टि्वटरमा लगानी गर्ने निर्णय भएको हो। राजकुमार अलवलीद बिन तलाल संसारकै धनी मध्यका एक हुन। उनको विश्वका धेरै नाम चलेका कम्पनीमा शेयर समेत रहेको छ।
अरव राष्ट्रहरुमा सञ्चालनमा रहेका धेरै मिडिया उद्योगमा उनको लगानी समेत रहेको छ। अरव राष्ट्रहरुमा पछिल्लो समयमा सामाजिक सञ्जालले त्यहाँको आन्दोलनमा पुर्याएको योगदान पछि सामाजिक सञ्जालको लोकप्रियता ह्वातै वढेको थियो।