Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

आइसिटी ब्रान्डीङ एक्सपो २०१२को तयारी पूरा I

Published on: Friday, December 30, 2011 //

आइसिटी एशोसिएशन अफ नेपालले आयोजना गर्ने आइसिटी ब्रान्डीङ एक्सपो २०१२को तयारी अन्तिम चरणमा पुगेको छ। आइसिटी एशोसिएशनले बुधबार राजधानीमा पत्रकार सम्मेलन तथा एक्ज्युबिटर ब्रीफीङ कार्यक्रममा सो जानकारी दिएको हो।

टिपिलिङ्क पाचौँ ब्रान्डीङ्ग एक्सपोमा सूचना तथा संचार प्रविधि क्षेत्रका पछिल्ला संस्करणहरु तथा देशभित्र /बाहिरका सूचना प्रविधि संग सम्बन्धित उत्पादनहरुको प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ। पुस २१ देखी २५ गतेसम्म चल्ने उक्त एक्सपोमा ८० वटा भन्दा बढी ब्राण्डका सूचना प्रविधि सँग सम्बन्धीत उत्पादनहरु रहनेछन्।

एक्सपोमा मुख्य प्रायोजकको रुपमा टिपिलिङ्क रहेको छ। यसैगरि प्लाटिनम स्पोन्सरमा कार्बन डायमन्ड स्पोन्सरमा डिजिकम र कास्परस्काई र गोल्ड स्पोन्सरमा क्रियटिभ, इभी र टेन्डा रहेका छन्। एक्सपोमा पछिल्ला संस्करणका डेस्कटप कम्प्युटर,ल्यापटप ,टच प्याड, सर्भर ,सिस्टम साउण्ड सिस्टम ,सिसिटिभि तथा सेक्युरिटी सिस्टम, एन्टिभाइरस ,प्रिन्टर ,फोटो प्रिन्टर, स्टिकर तथा मोबाइल प्रिन्टर, टेलिफोन तथा पिएबिएक्स सिस्टम ,थ्रिडि तथा वायरलेस प्रोजेक्टर ,इलेक्ट्रोनिक प्रोजेक्टर, मोबाइल ,एलसिडी तथा एलइडी मनिटर एवं टेलिभिजन एयरसेलयुक्त ल्यापटप ब्याग, फोटो प्रिन्टीङ्ग पेपर ,इन्टरनेट, सफ्टवेयर लगायतका सूचना प्रविधि सामग्रीहरु प्रदर्शनी हुने आयोजकले जनाएको छ।

एक्सपोमा सहभागी हुने कम्पनी तथा व्यापारिक संस्थाहरुमा एभिड ,बेलियो ,ब्रदर, चिमेई ,क्रियटिभ ,डेल्टा, डिजिकम, इभी, फुजिकुरा ,हसी ,इन्कटेक, इन्टेक्स रहेका छन्। यस लगायत जेडिएसयू ,कार्बन ,कास्परस्काई, लिन्कस ,एम अडियो ,मिटसुबिसि ,नमस्ते रहेका छन्। यसका साथै नेनईसि, फलिप्स ,पिनाकल ,प्रो सिस आइसिएस ,स्मार्ट सेल, टेन्डा र जेलटेक रहेका छन।

यसैगरि अन्तराष्ट्रिय कम्पनीहरुमा एसर ,एमडी, एओसि ,अल्काटेल, आसुस, बेल्कीन, बेन्क्यु ,क्यानन, कम्प्याक, कलर्स, डेल, डायनामिक, एकजिड, एप्सन रहेका छन। यि लगायत फुजित्सु ,जिफाइभ, जेनियस, एचसिएल, एचपी, हुन्डाई, इन्टेल, आइटक, कोनका, लेनोभो, लेक्समार्क, एलजी, लाइट अन, लजिटेक रहेका छन। यसका साथै माइक्रोम्याक्स, माइक्रोसफ्ट ,मोटोरोला, एमएसआई, एनसेल, नोकीया ,ओमनी पावर, प्लानेट ,प्रोलिङ्क ,रिको ,रोल्यान्ड ,सामसुङ, सिमट्रोनिक्स, सार्प रहेका छन्। यि बाहेक सोनी, सोनी इरिक्सन ,स्पाइस, सुकाम, तोसिबा, टिपिलिङ्क, यासुडा, एक्सट्रिमर, वाइप्रो, मेकाफी, क्विकहिल, टेककम लगायतका अन्तराष्ट्रीय कम्पनीहरु सहभागी हुने आयोजकले जनाएको छ।

सूचना तथा संचार प्रविधिको नविनतम उपलब्धी तथा विकास भएका पछिल्ला संस्करणहरुबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले एक्सपोको आयोजना गरिएको मेला व्यवस्थापक सि एन उपाध्यायले जानकारी दिनुभयो। उहाँले एक्सपोले आममानिसको कार्यक्षमता शुद्धता र अग्रसरतामा परिवर्तन ल्याउन सहयोग पुर्‍याउने आशा व्यक्त गर्नुभयो।

यसैगरि विदेशी कम्पनीहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले यस वर्ष टाइवान ,चाइना, कोरिया, भारत, दुबई, हंगकंग देशका संघसंस्था तथा सहजकर्ता संग करेस्पोन्डेस भइरहेको आयोजकले जनाएको छ। एशोसिएशनले यस वर्षको एक्सपोमा अवलोकनकर्ताको लागी आफ्नो साइट www.ict.org.np मा गएर फेसबुक पेजमा लाइक गर्नेलाई ७५ प्रतिशतसम्म टिकट छूटको व्यवस्था गरिने बताएको छ। एक्सपोमा सर्वसाधारणको लागी रु २०० र विद्यार्थिको लागी रु १०० टिकट दर रहेको छ।

0 comments for "आइसिटी ब्रान्डीङ एक्सपो २०१२को तयारी पूरा I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!