जर्मनीको बान सहरमा आजदेखि एकमहत्वपूर्ण सम्मेलन सुरु हुदै I
Published on: Monday, December 5, 2011 //
बिश्वमा
मंसिर १९,
अफगानिस्तानको भविष्यको बारेमाछलफल गर्न जर्मनीको बान सहरमा आजदेखि एक महत्वपूर्ण सम्मेलन सुरु हुदैछ । यद्येपीपाकिस्तानले यो सम्मेलन बहिष्कारको घोषणा गरेको छ । तालिबानलाई सत्ताबाट हटाएपछिअफगानिस्तानमा १० वर्षपहिले पनि यस्तो सम्मेलनको आयोजना गरिएको थियो आयोजकलेअन्तरराष्ट्रियस्तरमा अन्य देशको अफगानिस्तान प्रतिको साथ तथा सम्बन्ध सुमधुर बनाउन रसुरक्षाको प्रत्याभूति दिलाउन सम्मेलनको आयोजना गरिएको बताएको छ ।
अफगानिस्तानको सुरक्षाको लागि छिमेकी देश पाकिस्तान महत्वपूर्ण मानिए पनिपाकिस्तानले गएको २६ नोभेम्बरमा पाकिस्तानी सुरक्षा जाँच पोष्टमा नेटोले गरेकोहमलापछि कडा विरोध जनाएको थियो । घटनापछि नेटोका साथै अमेरिकी राष्ट्रपति बाराकओबामाले समेत माफी मागेका थिए । आजबाट सुरु हुने सम्मेलनमा अमेरिकी विदेशमन्त्रीहिलारी क्लिन्टन तथा अमेरिकी अधिकारी र बिभिन्न संगठनका सदस्य गरी १ हजार बढिकोसहभागिता रहनेछ ।