Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सिरियाली सैनिकद्वारा ३०७ बालबालिकाकोहत्या I

Published on: Saturday, December 3, 2011 //


सिरियामाजारी आन्दोनलनका क्रममा अहिले सम्म कम्तीमा पनि ३ सँय ७ जना बालबालिका मारिएको वताईएको छ । सिरियाको सरकारी सेनाले आन्दोलनका क्रममा अहिलेसम्ममा ३ हजारको हत्या गरेको र ती मध्ये ३ सय ७ जना बालबालिकामात्र रहेको संयुक्तराष्ट्र सघले जनाएको छ । नोभेम्बर महिनामा सबैभन्दा बढी बालबालिका मारिएकोप्रतिवेदनमा उल्लेख गरीएको छ ।

सिरियामा मानावअधिकारको हनन सम्बन्धी अनुसन्धानकर्तापाउलो पिनेइरोले संयुक्त राष्ट्र सङ्घीय मानवअधिकारसम्बन्धी विशेष सत्रका यस्तोजानकारी गराएका थिए ।यसैबचि संयुक्त राष्ट्रसंघको मानबअधिकार परिषदले सिरीयामा जारी िहंसाकोआलोचना गरेको छ । राष्ट्रसंघले सरकार बिरोधी प्रर्दशनमा उत्रिएका प्रदर्शनकारी माथिकोदमन बारे जाँजबुझ गर्न एक बिशशेष टोलि पनि सिरीया पठाउने भएको छ । टोलिलेसिरीयामा भएको िहंसाको सत्य तथ्य अध्ययन गरी एक प्रतिबेदन तयार पार्ने जिम्मा पाएको छ ।

टोलिले तयार पारेको रिपोर्ट राष्ट्रसंघका महासचिब वानकि मुनलाई बुझाउने छ । गएराति जेनेभामा बसेको आपतकालिन बैठकले यस्तो निर्णय गरेकोहो । बेलायति राजदुतका अनुसार राष्ट्रसंघको अध्ययन टोलिले गर्ने अध्ययन र तयार पार्ने रिपोर्ट अहिले सम्मकै कडा हुँने छ ।यस अघि राष्ट्रसंघका मानबअधिकार प्रमुख नबी पिल्ले ले सिरीयामा सर्बसाधारणको सुरक्षाको लागी तुरुन्त नयाँ कदम चाल्नु पर्ने बताएका थिए ।

0 comments for "सिरियाली सैनिकद्वारा ३०७ बालबालिकाकोहत्या I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!