Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

ईराकबाट फर्कियो अमेरिकी सैनिकको अन्तिम टोली I

Published on: Sunday, December 18, 2011 //

–एजेन्सी, पुष ४,

अमेरिकी सैन्य अभियान अन्तर्गत ईराकमा कार्यरत अमेरिकी सैनिकको अन्तिम टोलीले ईराक छोडेको छ । अन्तिम टुकडीका रुपमा रहेका अमेरिकी सेना आइतबार बिहान सडक मार्ग हुँदै ईराकी सीमाबाट कुबेत प्रवेश गरेको बिबिसीले जनाएको छ ।

सय वटा सैनिक वाहनमा ५ सय अमेरिकी सैनिक ईराकी मरुभूमिको बाटो हुँदै कुबेत पुगेका हुन् । अमेरिकी सैन्य अभियान औपचारीक रुपमा सकिएको घोषणा भएको ३ दिन पछि अन्तिम टुकडीले ईराक छोडेको छ । अब प्रशिक्षित १ सय ५७ अमेरिकी सैनिक र कुटनीतिक सुरक्षामा खटिएका केही सुरक्षाकर्मी मात्रै ईराकमा बाँकी छन् ।

गत बिहिबार ईराकको राजधानी बगदादमा फहराईएको अमेरिकी झण्डा झिकिएसँगै झण्डै ९ वर्ष लामो अमेरिकी सैन्य अभियान सकिएको हो । अभियान सकिएसँगै सुरक्षाको जिम्मा ईराकी सुरक्षाकर्मीलाई दिईएको छ । सन् २००३ को मार्चमा आक्रमण गरी ईराकको राजधानी बगदाद कब्जा गरेयता अमेरिकाले १५ लाख सैनिक खटाएको थियो ।

ईराक युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक र १ लाख भन्दा बढी ईराकी नागरिकको ज्यान गएको थियो भने अमेरिकाले युद्धमा एक खर्ब डलर खर्च गरेको थियो ।

0 comments for "ईराकबाट फर्कियो अमेरिकी सैनिकको अन्तिम टोली I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!