Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पेट्रोलियम पदार्थको अभावः निगमको कमजोर भण्डारण क्षमता मुख्य कारण I

Published on: Sunday, December 18, 2011 //

काठमाडौं, पुष ४,

नेपालमा पेट्रोलियम पदार्थको अभाव हुनुमा नेपाल आयल निगमको कमजोर भण्डारण क्षमता पनि मुख्य कारण देखिएको छ । देशका विभिन्न आठ ठाउँमा रहेका भण्डारण केन्द्रहरुमा अहिले जम्मा १३ हजार पाँच सय किलोलिटर मात्रै पेट्रोलियम पदार्थको भण्डार छ ।

यी केन्द्रहरुमा ७२ हजार ८८ किलो लिटरसम्म भण्डारण गर्न सकिन्छ । तर क्षमता अनुसारको भण्डारण नहुँदा समस्या परिरहेपनि आयल निगमले भने भण्डारण क्षमता विस्तारमा कुनै ध्यान दिएको छैन । भण्डारण क्षमता विस्तारका लागि एक दशक अघि नै धनुषामा किनिएको १० बिगाहा जग्गामा अहिलेसम्म कुनै काम हुन सकेको छैन ।

दैनिक आयातमा ध्यान केन्द्रित गर्नुपरेकोले भण्डारणमा ध्यान जान नसकेको निगमको भनाई छ । दैनिक खरिदको रकम तिर्न नसकेर महिनाको एक अर्व २६ करोडसम्म घाटा भईरहेको अवस्थामा त्यसतर्फ ध्यान दिन नसकिएको निगमका प्रवक्ता मुकुन्द ढुङ्गेलले बताउनु भयो ।

यसैबीच बजारमा हिजोआज पनि डिजेल अभाव कायमै छ । बढ्दो लोडसेडिङ्का कारण जेनेरेटर चलाउनेहरुले बढ्दो खपत र अभाव छ भनेर धेरै भण्डारण गर्नेहरुले गर्दा अभाव भएको ढुङ्गेलले बताउनु भयो । देशभर १७ हजार किलो लिटर पेट्रोल र ५२ हजार किलो लिटर डिजलको माग छ । उज्यालो नेटवर्क

0 comments for "पेट्रोलियम पदार्थको अभावः निगमको कमजोर भण्डारण क्षमता मुख्य कारण I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!