Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

कास्कीमा २८ बर्षपछि कपर्दी प्रतियोगिता

Published on: Wednesday, October 19, 2011 //

पोखरा, कार्तिक २,

कास्कीमा २८ बर्षपछि पहिलोपटक सरकारी स्तरबाट कपर्दी प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा २०४० सालमा बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा समेटिएको कपर्दी त्यसपछि सरकारी निकायसंग सम्बन्धित कुनैपनि संघ संस्थाले आयोजना गरेका थिएनन् । जिल्ला खेलकुद बिकास समिति कास्कीले आयोजना गरेको खेलकुद महोत्सबमा समाबेश कपर्दीमा ५ टिमका ५० खेलाडिले सहभागिता जनाएका छन् ।

छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा कपर्दी खेल पनि समाबेश गरिएकाले कास्कीबाट प्रतिनिधित्व गराउन सो खेल समाबेश गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सुमन देबकोटाले जानकारी दिनुभयो । जिल्लाको निष्क्रिय संघ मध्य एकमा पर्ने कास्की जिल्ला कपर्दी संघले अहिलेसम्म कुनै पनि प्रतियोगिता संचालन गर्न सकेको छैन ।

नेपाली हावापानीमा सुहाउँदो र सानो मैदान अनि कम खर्चमै संचालन गर्न सकिने भएपनि यो प्रतियोगिता संचालनको लागि सरोकारवालाहरुले चासो नदिएको कपर्दी खेलाडीहरुले गुनासो गरेका छन्

0 comments for "कास्कीमा २८ बर्षपछि कपर्दी प्रतियोगिता"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!