Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

अब चाँहि बिचार गनुपर्ला

Published on: Sunday, October 16, 2011 //

परदेशी जीबनलाई कर्मभुमि बनाए पनि उजाड मरुभुमिमा एउटा फुल आज फुल्न सफल भएको छ । आफ्ना बाध्यता बिवस्तासंगै मनभरिको सपनाको त्यो पोको बोकेर परदेशिएका सबै मध्ये थोरैले मात्र सफलताको गन्तब्य चुम्न सफल हुन्छन । ति मध्ये थोरै मात्र आफ्नो यात्रामा सफल हुन्छन । बिगत १ बर्ष अगाडि रोजगारको शिलशिलामा कतार भित्रिएकी काठमान्डौ बौद्ध निवाशी शोभा गुरुङ आज कतारको सांगितिक आकाशमा उनि दर्शकहरुको मन मन्दिरमा धड्किदै वास बस्न सफल लगनशिल नारी ब्यक्तित्व हुन मेहनतको फल मिठो हुन्छ भने झैँ यो मरुभुमिको उजाडतामा सुन्दर बहार ल्याउन सफल बन्दै ब्यक्तित्व बिकासमा कतारको माहोललाई हेर्ने हो भने सफल नारी भन्दा अतिश्शयोक्ति नहोला तर वहाँ सधै हाम्रो कला संगितमा महिला कलाकारको नेतृत्व कर्ताको रुपमा अग्रपङ्गतीमा आफ्नो अमिट छाप छोडेर आफ्नो मातृभुमितर्फ गन्तब्यको पाईलालाई अगाडि बढाउनु हुदैछ यसै सन्र्दभ्मा मुग्लानी सौगात द्धैमाशिक पत्रिका ब्याबस्थापक भोला थापा क्षेत्री संगको छोटो कुराकानी तल प्रश्तुत गरिएको छ ।

प्रश्न ः- तपाईको शुभ नाम

उत्तर ः- शोभा गुरुङ

प्रश्न ः- तपाई कतार कहिले प्रवेश गर्नु भएको हो

उत्तर ः- म २०१० अगष्ट महिनामा हो ।

प्रश्न ः- हाल तपाईको कार्यरत कम्पनि कुन हो नि

उत्तर ः- लाईफ स्टाईल क्लिनिङ कम्पनि हो ।

प्रश्न ः- कतारको बसाईमा संगित प्रति कस्तो अनुभव लिनुभयो

उत्तर ः- सानै देखी यस क्षेत्र प्रति रुचि लिने भएकाले गर्दा परदेशमा आएर आज सुनौलो अवशर पाँउन सके साथै म आफु र आपःनो नाम लाई दर्शक माझ कोर्दै पाठशालाको अनुभव पाउन सकेँ र याहाँ सम्म आईपुग्नमा दर्शकहरुको माया प्रवाशि नेपाली साँङगितिक परिवार लाई जान्छ ।

प्रश्न ः- तपाईको विवाह भईसक्यो कि छैन

उत्तर ः- भएको छैन ।

प्रश्न ः- तपाइले मन मन्दिरमा कसैलाई सजाउनु भएको छ कि

उत्तर ः- अहिले सम्म त भएको छैन तर अब चाँहि बिचार गनुपर्ला ।

प्रश्न ः- तपाईको उमेर चाँहि

उत्तर ः- जम्मा २२ बर्ष ।

प्रश्न ः- अब तपाई स्वदेश फर्केर के गर्ने बिचार गर्दै हुनुहुन्छ

उत्तर ः- आफ्नो परिवारजन संगै रहेर कलालाई पनि निरन्तरता दिने सोच बनाउदैछु ।

प्रश्न ः- अन्त्यमा कतारवासि नेपालीहरुलाई के भन्न चाँहनुहुन्छ

उत्तर ः- सम्पुर्ण दाजु भाई दिदी बैनी लाई आफ्नो कार्यलाई निरन्तरता दिनुहोस अनी आफ्नो घर परिवारलाई सम्झिएर चाडै नै आफ्नो देशमा केही गर्ने योजना बनाइ फर्कनको लागी आग्राह गर्दछु र मलाई शोभा गुरुङ भनेर चिन्नु हुने सम्पुर्ण मेरा साथीहरु संघसस्थाहरु साथै प्रवाशि नेपाली साँङगितिक परिवार लाई ध्ान्याबाद भन्न चाहान्छु ।

प्रस्तुत ः भोला थापा क्षेत्री

0 comments for "अब चाँहि बिचार गनुपर्ला"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!