Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

शीर्ष वरीयतालाई सफलता

Published on: Monday, August 15, 2011 //

काठमाडौ, श्रावण ३१ - सोनाक्षी कप प्रथम राष्ट्रिय लिग टेबलटेनिस र्‍याङकिङको पहिलो दिन सोमबार महिला र पुरुष दुवैतर्फ अपेक्षाअनुसार शीर्ष वरीयताका खेलाडी विजयी रहे । महिलातर्फ शीर्ष चार स्थानमा रहेका नेपाल च्याम्पियन नविता श्रेष्ठ, स्वेच्छा नेम्वाङ, एलिना महर्जन र रेणुका खत्री सबैले चार खेल जिते । चारै खेल जित्नेमा १० औं वरीयताकी काजोल रौनियार पनि रहिन् । पुरुषतर्फ शीर्ष तीनमा रहेका नेपाल च्याम्पियन शिवसुन्दर गोथे, अजय सुवाल र राजेन्द्र कपालीले सबै चार खेल जिते । खराब प्रकाशका कारण दिनको अन्तिम चार खेल रद्द भए । चोटबाट मुक्त हुँदै लयमा र्फकन प्रयास गरिरहेका शिवसुन्दरले जितका लागि संघर्ष भने गर्नुपरेन ।

नविताले पहिलो जितका लागि संघर्ष गरिन् भने स्वेच्छाले अन्तिम खेलमा । नवितालाई २० स्थानकी नोर्देन तामाङले बलियो चुनौती पेस गरिन् । त्यो खेल नविताको नाममा ११-४, ११-२, ८-११, ५-११ र ११-७ ले रह्यो । 'सुरुमा स्थितिसँग अभ्यस्त हुन समय लाग्यो,' नविताले भनिन्, 'त्यसयता गार्‍हो भएन । अन्तिम तीन खेलमा नविताले मनीता चित्रकार, एरिका महर्जन र गोमा गौतमलाई हराइन् । स्वेच्छाले भने दिनको आपmनो अन्तिम खेलमा सनिशा श्रेष्ठमाथि ११-६, ९-११, ११-९, ६-११, १२-१० को जित निकालिन् । त्यसअघि उनले मनीता चित्रकार, गोमा गौतम र सविना माखास्यालाई हराएकी थिइन् ।

'अन्तिम खेलमा मिहिनेत गर्नु पर्‍यो, आउने खेलहरूमा राम्रो प्रदर्शन गर्नेछु,' स्वेच्छाले भनिन् । काजोलले आफूभन्दा तीन स्थानमाथिकी रविना देसारलाई दिनको सर्वाधिक लामो खेलमा १२-१४, ११-९, १७-१५, ७-११ र १४-१२ ले हराइन् । शिवसुन्दरले विवेक गौतम, गणेश तामाङ र पीयूष अवाललाई हराए ।

'विस्तारै पुरानो लय समात्ने प्रयासमा छु, आउने खेलमा राम्रो प्रदर्शन कायम राख्ने प्रयास गर्ने छु,' शिवसुन्दरले भने । यस्तै अजयले गणेश तामाङ, विनेश खनिया, प्रदीप रोक्का र सोनु गुप्तालाई हराए । राजेन्द्रले पीयूष अवाल, राकेश महर्जन, सुनील महर्जन र विवेक कार्कीलाई पराजित गरे ।

दिनको 'अपसेट' नतिजामा सोनु गुप्ताले चौथो वरीयताका चन्दन शाहीलाई ११-९, ६-११, ११-९, २-११ र ११-५ तथा प्रदीप रोक्काले छैटौं वरीयताका पुरुषोत्तम वज्राचार्यलाई १३-११, ११-६ र ११-८ ले हराए । - कान्तिपुर

0 comments for "शीर्ष वरीयतालाई सफलता"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!