जात स्त्री पुरुष र उभय मात्र हुन् –पुजना
Published on: Saturday, July 23, 2011 //
अन्तर्वार्ता
जयसंगतु नेपाली फिल्मकी नायिकाले हेलोको जवाफ यसरी फर्काइन् । आफूले अभिनय गरेको मध्ये २५ औ फिल्मले चर्चाको शिखरमा पुर्याएपछि आजभोलि दंग छिन् पुजना स्त्री पहिले प्रधान । फिल्मकै प्रमोसनका लागि पोखरा हँदै बुटवल नेपालगन्ज धरान पुगेकी उनी अहिले राजधानी फर्किसकेकी छन् । फिल्म क्षेत्रमा प्रवेश गर्दा निकै हट नायिकाको उपाधि पाएकी उनी किन आध्यात्मिक भइन् यसका के आकर्षण होलान् लगायत उनको फिल्मी जीवनबारे एभरेस्ट टाइम्सका नेत्र मोक्तानले उनीसँग गरेको कुराकानीः
फिल्म श्रीमान् किन यति धेरै चर्चित भएको हो ?
कथावस्तु राम्रो भएकैले यसले चर्चा पाएको हो । नेपाली फिल्म उद्योग संकटमा परिरहेको बेलामा यसले राम्रो व्यापार गरिरहेको छ । अहिले देशका विभिन्न हलमा तेस्रो हप्ता पूरा गरी चौथो हप्तामा प्रदर्शन भइरहेको छ । दर्शक पाइरहेकै छ ।
कलाकार राम्रा भएर हो कि कथा राम्रो भएर यति चलेको ?
कथा राम्रो नभएमा कलाकारले मात्र राम्रो प्रस्तुति दिएर हुँदैन । यसमा कथा उतिकै राम्रो छ । कलाकारले पनि राम्रो प्रस्तुति गरेका छन् । दर्पणछाँयापछिको सर्वाधिक मन पराएको फिल्म हो यो ।
कसले भन्छ त्यस्तो ?
दर्शकले । उनीहरुनै हुन फिल्म जाँच्ने । मिडियाले पनि फिल्मको स्तरलाई चर्चाको विषय बनाएका छन् ।
नेपाली कलाकार निर्देशक निर्माता कुनै फिल्मभन्दा एक दिन मात्र बढी चले यस्तो दाबी गर्छन् तपाइँको दाबी पनि यस्तै हो कि
फिल्म राम्रो नभए हामीले दाबी गरेर मात्र हुने केही होइन । त्यसैले फिल्म राम्रो-नराम्रो दर्शकले नै छुट्टाउछन् । स्तरीय फिल्म नबन्दा नेपाली फिल्मले धेरै दर्शक गुमाए । यही फिल्मले पुराना दर्शक पुनः हलमा भित्र्याउदैछन् । यसैमा म खुसी छु ।
कलाकारले पनि फिल्म बजार पनि बुझ्नुपर्ने रहेछ हगि ?
एकदम बुझ्नुपर्छ । फिल्म बजार नै नबुझेमा कलाकारले अभिनय गर्नुको के अर्थ रह्यो र
फिल्म राम्रो भएरै तपाइँको प्रशंसा पनि उतिकै भइरहेको छ नि हैन ?
हो यही फिल्ममा मैले राम्रो भुमिका पनि पाएकी थिए । अन्य फिल्ममा भन्दा पृथक भुमिका पाएकी थिएँ । राम्रो अभिनय गरेँ । फिल्म राम्रो भयो । फिल्म राम्रो भएपछि कलाकारले जस पाउने नै भयो । यसकै प्रमोशनका लागि हामी पोखरा वुटवल नेपालगाज धरान पुगे । सबैतिर यो फिल्म हेर्नेको भींड देखिन्थ्यो ।
अब आउने फिल्म के कस्ता छन् ?
तिर्खा द निर्मला रिलिज हुने क्रममा छन् । यी फिल्ममा पनि नेपाली मौलिक कथावस्तु समेटिएका छन् ।
अहिले हात लागेको फिल्म ?
तिम्रो कसमु मा अभिनय गरिरहेकी छु । श्रीमानको प्रमोशनको लागि बहिर जानुपरेकोले केही दिन सुटिङ रोकिएको छ । दुइहप्तापछि यसको काम पनि सकिन्छ ।
तपाइँ त हेलो पनि भन्नहुन्न किन हो ?
म जयसंगतमा लागेकी छु । साँढे तीन वर्ष जति भयो यता आएको ।
किन लाग्नुभएको नि ?
एकदिन बुझ्ने मौका पाएँ । राम्रो लाग्यो । त्यसैले यसमै आएकी ।
जयसंगतले के भन्छ ?
अहिले मानिसले विभिन्न जात बनाएर जातीय विभेदको सिर्जना गरिरहेका छन् । यसो गर्नु ठिक होइन किनभने संसारका मानिस तीन जात मात्र छन् । हरेक पुरुषले आफ्नो थर पुरुष महिलाले स्त्री र तेस्रोिलंगीले उभय राख्नुपर्छ । जयसंगतको यही सिद्धान्त छ । यसमा पाँचवटा योग पनि भएकोले हामीलाई स्वस्थ रहन मद्दत गर्छ । माछा मासु नखाने आध्यात्मिक बन्ने यस्तै त हो नि ।
यसमा लागेर पाइने फाइदा ?
समाजमा उदहरणीय बन्ने । भगवानको नजिक पुग्न सकिन्छ । जयसंगतमा लागेका मानिसबाट धेरै कुरा सिक्न सकिन्छ ।
तपाइँबाट पनि सिक्न सकिन्छ त्यसो भए ।
म त सिक्दैछु आफुलाई सुधार्दै छु । आध्यात्मिक बन्दैछु । केही समयपछि पक्कै मबाट पनि सिक्न सकिन्छ होला ।
भौतिक वस्तुलाई जयसंगतले के भन्छ ?
आध्यात्मि र भौतिक एकअर्काका परिपुरक हुन् ।
जयसंगतमा लाग्न के गर्नुपर्छ ?
बत्तीसपुतलीमा आश्रम छ । इच्छा भएका आउन सक्छन् र बुझेर राम्रो लागेमा नौं दिनको प्याकेज लिन सक्छन् ।
पैसा कति लाग्छ नि ?
पैसा लाग्दैन ।
यसमा लागेपछि आफ्नो पेशा छड्नुपर्दैन ?
पर्दैन झन राम्रोसँग काम गर्न सकिन्छ । आध्यात्मिक भइन्छ । यस्तो भएपछि त समाजमा उदहरणीय बन्ने हो । सबैले विश्वास गर्ने हो ।
हाम्रो समाजमा पुरोहितलाई आध्यात्मिक भन्छन् । तर कतिपय नेपाली फिल्ममा त पुरोहितलाई भिलेनका रुपमा देखाउँछन् नि ।
त्यो वास्तविक हो । पुरोहित आध्यात्मिक हुदैँनन् । उनीहरुले त पुरेत्याइ गर्नुपर्ने काम मात्र पुरा गर्छन् । पुरोहित बनेर समाजमा नराम्रो गरी बस्नुले नै नेपाली फिल्ममा पनि उनीहरु भिलेनका रुपमा आएका हुन ।
तपाइँ त अमेरिका पनि घुम्नु भएको हो नि हैन ?
म २ वर्ष अघि घुमेकी थिएँ । टेक्सास् लस् एन्जल्स बाल्टिमोर गरी विभिन्न १२ ठाउँमा स्टेज प्रोग्राम गरी फर्केकी हँु ।
श्रीमान फिल्म ल्याएर आउनु हुन्छ कि ?
सबैको माया पाइरहेकै छु । अझै बढी माया गर्नुहोला र सहयोग पाएमा त्यहाँसम्म पुगी श्रीमान फिल्म देखाउने धोको छ ।