"विश्वकप यात्रा" जोर्डनसँग नेपालको लज्जास्पद हार, ९ ० को अन्तर
८ साउन । विश्वकप फुटबल अन्तर्गत एसियाली छनोटको दोस्रो चरणमा कम्तिमा बराबरीको लक्ष्य लिएको नेपाल अन्ततः जोर्डनसंग नौ सून्यको भारी गोल अन्तरले पराजित हुन पुगेको छ ।
पराजय सगै नेपालको तेस्रो चरण प्रवेश गर्ने सम्भावना समेत न्यून बनेको छ । विश्व वरियातामा चौरासीयौं स्थानमा रहेको जोर्डनसंग उसकै घरेलु मैदान अम्मान अन्तराष्ट्रिय रंगशालामा नेपाल शनिबार राती नौ सून्यले स्तब्ध भएको हो ।
ठूलो अन्तरको पराजयका कारण नेपालले जोर्डन सगंको होम खेल आउदो १२ गते नेपालको दशरथ रंगशालामा खेल्दा कम्तीमा १० गोल अन्तरको जित आबश्यक छ । घरेलु मैदानमा नेपाली टोलीलाईस्तब्ध पार्ने क्रममा जोर्डनका महम्मद हसनले ह्याट्रिक पूरा गर्दै चार गोलको योगदान दिएका थिए भने अमर खालिल र हमद हायलले समान दुई दुई गोलको योगदान दिए ।
त्यस्तै थप एक गोल अल्लाह देवले गरे । नेपालका गोलरक्षक किरण चेम्जोङले जोर्डनका दुई कडा प्रहार जोगाएका थिए । अब यी दुई विचको दास्रो लेग आउदो बिहीबार नेपालमा हुनेछ । यसअघि नेपालले छनोट खेलको पहिलो चरणमा इष्ट टिमोरलाई हराएर दोस्रो चरणको यात्रा पक्का पारेको थियो । - Solidarity