जोर्डनविरुद्धको खेलमा नेपालको उत्कृष्ट प्रदर्शन / तेस्रो चरणमा प्रवेश गर्न असमर्थ
Published on: Thursday, July 28, 2011 //
खेलकुद
अवे म्याचमा नौं–शून्यको फराकिलो अन्तरमा पराजित भएको नेपालले होम म्याचमा जोर्डनलाई एक–एक गोलको बराबरीमा रोकेको छ । यद्यपी समग्रमा दश–एकको गोल अन्तरमा पराजित हुँदै नेपाल ब्राजिलमा सन् २०१४ मा हुने विश्वकप फुटवल छनोटको दोस्रो चरणबाटै बाहिरिएको छ ।
पहिलो चरणमा ईष्ट टिमोरलाई सात–एकले पराजित गर्दै पहिलो पटक दोस्रो चरण पुगेको नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनसँग पराजित भएपछि बाहिरिएको हो । भारी बर्षाको बीच दशरथ रंगशालामा विहिबार भएको खेलमा जोर्डनले ६२ औं मिनेटमा अग्रता लिए पनि ७९ औं मिनेटमा सन्तोष साहुखलको पासमा भरत खवासले उत्कृष्ट गोल गरेपछि नेपाल एक–एक गोलको बराबरी गर्न सफल भयो ।
फिफा बरियातमा सार्क राष्ट्रमा सबैभन्दा शीर्ष अर्थात् १ सय ३६ औं स्थानमा रहेको नेपालले खेल पूर्णरुपमा आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्ने केही अवसर गुमाउँदा स्पष्ट जीत भने निकाल्न सकेन । नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबटर््सले नेपाली खेलाडिको प्रदर्शनमा सन्तुष्टी ब्यक्त गर्दै केही कमजोरीका कारण बिजयी हुनबाट चुकेको प्रतिक्रिया दिनुभयो । - Solidarity