Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

भ्यालेन्टाइन डे को अवसर पारेर कतारको दोहा सिनेमा हलमा मिस यु प्रदर्शन गरिदै I

Published on: Monday, January 23, 2012 //


दोहा, माघ १०,

प्रेम दिवसको अवसर पारेर कतारको दोहा सिनेमा हलमा यहि आउँदो फेब्रुअरी १० तारिखको दिन मिस यु को पहिलो प्रिमियर शो हुँदैछ । पृथक शैलीको प्रेम कथा र उच्च प्रविधी संयोजनमा निर्माण गरिएको मिस यु को प्रदर्शनको समय जति नजिकिदै आउँदैछ , त्यति नै यस चलचित्रको ग्लोवल मार्केटमा माग बढ्दै गएको कुरा शैलेन्द्र कठायतले बताए ।

नेपालमा फेब्रुअरी १७ तारिखको दिन रिलिज हुन लागेको सो चलचित्रको विदेशमा प्रदर्शनको लागि डिमाण्ड बढ्दै गएको विदेश विभाग प्रमुख सुमन गैरेले बताएका छन् । कतारको दोहा स्थित दोहा सिनेमा हलमा पहिलो स्क्रनीङ गर्न लागिएको उक्त चलचित्रमा नम्रता श्रेष्ठ, दिलीप रायमाझी र बरुण रानाको शीर्ष भूमिका रहेको छ भने किचमान चित्रकार र बाबु बोगटीको संगीत रहेको छ ।

नेपाल लगयात विदेशमा छायांकन गरिएको सो चलचित्रमा धिरज जंग शाह र राजु बिक्रम थापा छायांकार रहेका छन् भने कथा सुरज सुव्वा नाल्वोको रहेको छ । कतारको समय अनुसार दिनको २ बजेबाट प्रदर्शन गर्न लागिएको चलचित्रको टिकट दर १५ र २० कतारी रियाल मात्र रहेको कठायतले जनाएका छन् ।

0 comments for "भ्यालेन्टाइन डे को अवसर पारेर कतारको दोहा सिनेमा हलमा मिस यु प्रदर्शन गरिदै I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!