Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

गुगलको कमाइ सोँचेभन्दा कम I

Published on: Sunday, January 22, 2012 //



पछिल्लो तथ्यांकले इन्टरनेट कम्पनी गुगलको कमाइ अपेक्षा भन्दा कम भएको देखाएको छ । सन् २०११ को पछिल्लो त्रैमासिकमा गुगलको राजस्व वृद्धि २७ प्रतिशत रहेपनि त्यो वालस्टि्रटको अनुमान भन्दा कम हो ।

कमाइमा गिरावट सँगै गुगलको शेयर मुल्य पनि घटेको छ । गुगलको शेयर मुल्य १० प्रतिशतले घटेर ५ सय ५७ डलर कायम भएको छ ।
सन् २०११ को पछिल्लो तिन महिनामा गुगलको कुल कमाइ १० अर्व ६० करोड डलरमध्ये खुद नाफा २ अर्व ७० करोड छ । गुगलका प्रमुख कार्यकारी ल्यारी पेजले भने पछिल्लो त्रैमासिकको मुनाफा सन्तोषजनक भएको भन्दै सन् २०११ आफुहरुका लागि सुखद भएको बताए ।

विश्वभरी एन्ड्रोइड, जिमेल र गुगल प्लसका प्रयोगकर्ताको संख्या ९ करोड पुगेको उनले बताए । सन् २०११ को वर्षभरीमा गुगलको कमाइ २९ प्रतिशतले बढेर ३७ अर्व ९० रोड डलर पुगेको छ जसमध्ये ९ अर्व ७० करोड खुद मुनाफा भएको छ ।

यसैबीच सन् २०११ को अन्तिम त्रैमासिकमा माइक्रोसफ्ट र इन्टेलको कमाइ भने उच्चदरले बढेको छ । माइक्रोसफ्टले ६ अर्व ६२ करोड डलर कमाएको छ । माइक्रोचिप्स निर्माता इन्टेलको कमाइ पनि ६ प्रतिशतले बढ्दै ३ अर्व ३६ करोड डलर पुगेको छ ।अनलाइन खबर

0 comments for "गुगलको कमाइ सोँचेभन्दा कम I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!