Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I

Published on: Tuesday, January 17, 2012 //

काठमाडौं, ल्यापटप उत्पादन गर्ने कम्पनीहरुले अब यस्तो ल्यापटप बनाउँदैछन् जसले तपाईँको स्वभाव अनुसार काम गर्छ । कम्प्युटर चिप्स बनाउने कम्पनी इन्टेलले भने जस्तै भयो भने ल्यपटपमा केही काम गर्न किप्याड अँठ्याएर निर्देशन दिइरहनु पर्दैन । यसले मानवीय स्वभाव र निर्देशनको भरमा काम गर्न सक्छ ।

यस्तो अत्याधुनिक ‘अल्ट्राबुक्स’को निर्माण हालसालै निर्माण भएको इन्टेल चिपका कारण सम्भव देखिएको हो । इन्टेल कम्पनीले यसको घोषणा गरेको हो । इन्टेलका उपाध्यक्ष मुली इडेनले 'निकिस्की' नामको यस्तै खाले ल्यापटपको गत सोमबार अमेरिकामा पहिलो चाटी प्रदर्शन गरे । प्रमुख ल्यापटप निर्माता कम्पनीहरु लेनेभो, एसर, सामसुङ, एलजी र एचपीका प्रतिनिधिलाई साथमा राखेर इडेनले विन्डोज ८ सफ्टवेयर सहितको ‘निकिस्की’ ल्यापटप सार्वजनिक गरेका हुन् ।

निकिस्कीको किबोर्डको तल्लो पट्टी टच प्याड प्यानल छ । ल्यापटप बन्द हुँदा पनि टच प्याड प्यानलबाट ल्यापटप हेर्न सकिन्छ । ल्यापटप बन्द भएपनि यसलाई ट्याब्लेटको रुपमा प्रयोग गर्न सकिन्छ । ‘हामी जति सक्दो चाँडो यसलाई सबैको पहुँचमा पुर्‍याउने सोचमा छौँ’, इन्टेलका उपाध्यक्ष मुली इडेनले भने, ‘यो हाम्रो पनि लामो समय देखिको सपना थियो ।ग्लोबलनेपाल न्यूज

0 comments for "मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप आउने I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!