Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

चीनले विश्वकै अग्लो विमानस्थल बनाउने I

Published on: Wednesday, December 28, 2011 //

पुष १३ – चीनले विश्वको सबैभन्दा अग्लो विमानस्थल बनाउने भएको छ । सन् २०१२ देखि निर्माण सुरु हुने विमानस्थल ४ हजार ४ सय ३६ मिटर उचाईमा रहने चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार हिमाली क्षेत्रमा रहने यो छैठौँ विमानस्थल हो । चीनको नाग्कु प्रान्तमा रहने यो विमानस्थल बनाउन झण्डै २३ खर्ब नेपाली रुपैँया अर्थात २८५ मिलियन अमेरिकी डलर लाग्ने चीनको उड्डयन प्राधिकरणको तिब्बत शाखाले अनुमान गरेको छ ।

हालसम्मको विश्वकै अग्लो विमानस्थल पनि चीनमा नै छ । चीनको तिब्बतमा ४ हजार ३ सय ३४ मिटर उचाईमा रहेको बाम्दा एअरपोर्ट हालसम्मको विश्वको अग्लो विमानस्थल मानिन्छ । अब बन्न लागेको विमानस्थल बाम्दा एअरपोर्ट भन्दा एक सय दुई मिटर अग्लो हुने छ । ६ सय ६० हेक्टर क्षेत्रफल ओगट्ने यो विमानस्थल तीन वर्ष भित्र निर्माण गर्ने चीन सरकारको योजना छ ।

समाचार संस्था सिन्ह्वाले विमानस्थल कहिले खुल्छ भन्नेबारे भने केही बताएको छैन । स्रोत उज्यालो

0 comments for "चीनले विश्वकै अग्लो विमानस्थल बनाउने I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!