Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सार्वजनिक यातायातमा बढेको भाडा भोली देखि लागू हुने

Published on: Wednesday, November 2, 2011 //

काठमाडौं , कार्तिक १७,

सार्वजनिक यात्रुवाहक गाडी र मिटर जडित भाडाका ट्याक्सीको बढेको भाडादर बिहीबारदेखि मात्रै लागू हुने भएको छ । यातायात व्यवस्था विभागले बढेको भाडादर आजदेखि लागू हुने बताएपनि यातायात व्यवसायीहरुले भने बिहीबारदेखि मात्रै लागू हुने बताएका छन् ।

सबै रुटहरुको भाडा निर्धारण गरी बिहीबारदेखि मात्रै बढेको भाडादर लागू हुने यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघले सार्वजनिक सूचना निकाली सदस्य संघ, समिति र कम्पनीहरुलाई बिहीबारदेखि मात्रै भाडा बढाउन निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागले हिजो सार्वजनिक यात्रुबाहक गाडी तथा मिटरजडित ट्याक्सीहरुको भाडा ९.९ प्रतिशतले बढाएको थियो । बढेको भाडादर अनुसार सार्वजनिक गाडीमा न्यूनतम भाडादर १३ रुपैंया कायम भएको छ ।

0 comments for "सार्वजनिक यातायातमा बढेको भाडा भोली देखि लागू हुने"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!