Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

बनेपामा जारी अन्तरमिडिया कप फुटबलका चार ओटा खेल सम्पन्न

Published on: Wednesday, August 3, 2011 //

अशोक महत,

साउन १८ काभ्रे। काभ्रेको बनेपामा जारी अन्तरमिडिया कप फुटबल प्रतियोगिता अन्तर्गत आजका चार ओटा खेल सम्पन्न भएका छन्। बनेपाको चाइना टाउन खेल मैदानमा बिहान साढे ७ बजे देखि जारी आजका खेल अन्तर्गत पहिलो खेलमा चेष्टा साप्ताहिकले ग्रेस एफएमलाई २÷१ गोल अन्तरले पराजित गरेको छ।

यस्तै दोश्रो खेलमा रेडियो एबिसीलाई र खबरचौतारी साप्ताहिकले ९÷० गोल अन्तरले पराजित गर्दै जित हात परेको छ। यसैबीच प्राइम एफएम र सुनकोशी साप्ताहिक बिचको खेल भने ३÷३ गोलको बराबरीमा सकिएको छ। यसैगरी आजको चौथो तथा अन्तिम खेलमा मध्यपुर्ब एफएम र नवक्षितिज साप्ताहिक बीचको खेल पनि केहीबेर अघि सम्पन्न भएको छ।

सम्पन्न खेलमा नवक्षितिज साप्ताहिकले मध्यपुर्ब एफएमलाई ६÷१ को गोल अन्तरले पराजित गरेको छ।

0 comments for "बनेपामा जारी अन्तरमिडिया कप फुटबलका चार ओटा खेल सम्पन्न"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!