Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

सुन तोलाको ५० हजार ९ सय

Published on: Friday, August 26, 2011 //

काठमाडौं, भदौ १० - स्थानीय बजारमा दुई दिनमा प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने ९ सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि स्थानीय व्यापारीहरूले पनि तोलामा ९ सय रुपैयाँ बढाएका हुन्। बिहीबार एकैदिन २ हजार ४ सय र बुधबार १ हजार ५ सय रुपैयाँ तोलामा घटेको थियो। बुधबार ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

युरोपेली र अमेरिकी सेयर बजारमा देखिएको सुधार र सञ्चितकर्ताले सुन बजारमा ल्याएपछि भाउ घटेको थियो। विश्व अर्थतन्त्रको अनिश्चितता, युरोपको कर्जा संकट र चीन, भारतलगायत मुलुकले खपत बढाउँदा अन्तर्राष्ट्रियरुपमा केही सातादेखि सुनको भाउ बढ्दो क्रममा छ। अनिश्चितताको फाइदा उठाउँदै सट्टेवाजहरूले खेलेका कारण सुनको भाउ तलमाथि भइरहेको हो। आइतबारदेखि मंगलबारसम्ममा नेपाली बजारमा सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढेको थियो।

विदेशी सञ्चारमाध्यमहरूले अस्वभाविकरुपमा बढेको सुनको मूल्य प्रतिऔंस १ हजार ७ सय डलरभन्दा तल झर्न सक्ने जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा भाउ प्रतिऔस १ हजार ७ सय डलरमा कायम भए पनि नेपालमा तोलाको ४८ हजार रुपैयाँभन्दा कम हुन सक्छ।
शुक्रबार चाँदीको भाउ पनि बढेको छ। बिहीबार तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएकामा शुक्रबार एक हजार २ सय पुगेको हो। बुधबार नेपाली बजारमा चाँदी तोलाको १ हजार २ सय ३० रुपैयाँ तोलामा कारोबार भएको थियो। (नागरिक)

0 comments for "सुन तोलाको ५० हजार ९ सय"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!