Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

उत्कृष्ट नौ खेलाडीको मूर्ति ठड्याइने

Published on: Tuesday, July 12, 2011 //

काठमाडौ, अषाढ २८ - नेपाल ओलम्पिक सङ्ग्रहालयले नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याउने नौजना उत्कृष्ट खेलाडीको मूर्ति निर्माण गर्ने भएको छ । सो सङ्ग्रहालयद्वारा मंगलबार आयोजित पत्रकारसम्मेलनमा भावी पिँढीहरुका लागि जीवन्त राख्ने उद्देश्यले सङ्ग्रहालय हाताभित्र ती मूर्ति निर्माण गर्न लागिएको बताइयो ।

ओलम्पिक खेलमा पहिलो कास्य पदक विजेता विधान लामा, तेक्वान्दोमा पहिलो एसियाली रजत पदक विजेता सविता राजभण्डारी, एथलेटिक्समा साग र एसियाली खेलमा सर्वाधिक उत्कृष्ट पदक विजेता दीपक विष्ट, साफ म्याराथन रेकर्डहोल्डर तथा नेपालका सर्वाधिक सफल खेलाडी बैकुण्ठ मानन्धर रहेका छन् ।

यसैगरी पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी, ओलम्पिकमा पहिलो क्वालिफाइड सङ्गीना वैद्य, उत्कृष्ट बक्सिङ खेलाडी स्वर्गीय दलबहादुर रानामगर, खेल व्यवस्थापक एवम् फुटबल खेलको विकासमा विशेष योगदान पुर्याउने गणेश थापा र स्वर्गीय नरशमशेर जबराको ढलौट मूर्ति निर्माण र विशेष कक्षको स्थापना गर्ने भएको हो ।

नेपाल ओलम्पिक सङ्ग्रहालयका संस्थापक अध्यक्ष क्षितिजअरुण श्रेष्ठले सो मूर्ति निर्माण गर्नका लागि तयारी भइरहेको बताए । ललितपुरका मूर्तिकार प्रेम महर्जनले ती मूर्तिहरु बनाउने छन् । श्रेष्ठले सो नौजना खेलाडीको मूर्ति बनाउनका लागि लगभग रु ३० लाख लाग्ने पनि बताए । कार्यक्रममा रजत पदक विजेता सविता राजभण्डारीले सो मूर्ति निर्माणका लागि आफ्नो तर्फबाट रु एक लाख नगद प्रदान गरिन् । - रासस

0 comments for "उत्कृष्ट नौ खेलाडीको मूर्ति ठड्याइने"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!