तीन खेलमा सोह्र गोल
Published on: Thursday, July 7, 2011 //
खेलकुद
काठमाडौ, अषाढ २४ - तीन खेलमा ५ दशमलव ३३ को औसतमा १६ गोल सम्भव हुँदा मेगा थ्री-स्टार, आरसीटी र सरस्वतीले सहिद स्मारक 'ए' डिभिजन लिगमा बिहीबार जित आत्मसात् गरेका छन् ।
दशरथ रंगशालाको हिलाम्य मैदानमा दुईपल्टको विजेता थ्री-स्टारले रेलिगेसनबाट बच्न संघर्षरत् जी फाइभ मच्छिन्द्रमाथि ७-० को जित निकाल्यो । यसपल्टको लिगमा सर्वाधिक अन्तरको जितसँगै ललितपुरे क्लब ३१ अंक जोड्दै तेस्रो स्थानमा उक्लियो । त्यसमा बुद्ध चेम्जोङले ह्याटि्रक गरे ।
'अघिल्लो चरणमा एपीएफसँग बेहोरेको ४-० को हारले मच्छिन्द्रविरुद्ध सचेत भएर खेल्यौं,' थ्री-स्टारका प्रशिक्षक मेघराज केसीले भने, 'त्यसैले फराकिलो जित हात लाग्यो । व्यावहारिक रूपमा उपाधि होडमा छैनौं । तर अन्तिमसम्म साख बचाउन राम्रो लयमा खेल्नेछौं ।' बाँकी तीन खेलमा थ्री-स्टारले शीर्ष स्थानको पुलिस, आर्मी र प|mेन्ड्सको सामना गर्नेछ ।
विषद् गौचनको पासमा यागेश गुरुङले १० यार्डबाट गोल गर्दै थ्री-स्टारलाई नवौं मिनेटमै अग्रता दिलाए । विराज महर्जनले झन्डै ४० यार्डबाट पेनाल्टी बक्समा प्रहार गरेको बलले 'बाउन्स' भई अस्वाभाविक रूपमा उचाइ लिंदै जाली चुमेपछि १४ औं मिनेटमा थ्री-स्टारको अग्रता दोब्बर भयो । त्यसपछिका तीन गोल बुद्धको नाममा रहे ।
बुद्धले गोलको खाता पेनाल्टीमा खोलेका थिए । मच्छिन्द्रका सुनिल सरदारले विक्रम लामालाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेप|mी सुदीश पाण्डेले थ्री-स्टारलाई ४३ औं मिनेटमा पेनाल्टीको मौका दिएका थिए । योगेशको पासमा बुद्धले ५९ आंै मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । सब्स्िटच्युट प्रदीप महर्जनले उपलब्ध गराएको बललाई ७५ औं मिनेटमा पोस्टको दिशा दिई उनले लिगमा पहिलो ह्याटि्रक पूरा गरे । लिगमा उनको गोल संख्या नौ पुगेको छ ।
अनिल ओझाले ७८ औं मिनेटमा प्रहार गरेको बलले हिलोमा विस्तारै गुड्दै गोल लाइन क्रस गरेपछि थ्री-स्टार ६-० ले अघि बढ्यो । विषद्को क्रसमा प्रदीपले हेडद्वारा उत्कृष्ट रूपमा अन्तिम गोल खेल सकिन सात मिनेटअघि गरे । पुकार आलेले प्रहार गरेको बल ७१ औं मिनेटमा क्रस बारमा लागेर फर्केपछि मच्छिन्द्रले गोलको खाता खोल्ने राम्रो मौका गुमाएको थियो ।
'आफ्नै कमजोरीमा धेरै गोल खायौं,' मच्छिन्द्रका सहायक प्रशिक्ष्ाक नरोत्तम शाक्यले भने, 'तीन खेल बाँकी भएकाले रेलिगेसनबाट बच्ने आस छ ।' गत वर्ष खेल मिलोमतोमा मुछिएको मच्छिन्द्र सात अंकसँगै १६ औं स्थानमा छ । पुछारका चार
टिम 'बी' डिभिजनमा झर्नेछन् । मच्छिन्द्रसँगै युनाइटेड -८), स्वयम्भू -५) र कोइलापानी पोलस्टार -३) अन्तिम चारमा छन् ।
दोस्रो खेलमा बि्रगेड ब्वाइजलाई ३-१ ले हराएर ६ पल्टको विजेता आरसीटीले पछिल्ला चार खेलमा पहिलोपल्ट ३ अंक हात पार्यो । उसले तीनै गोल पहिलो हाफको ५ मिनेटभित्र गर्यो र २४ अंक बनाई सातौंमा उक्लियो । 'युनाइटेड, सरस्वती र बौद्धसँग खेल्न बाँकी भएकाले राष्ट्रिय लिगमा छनोट हुन शीर्ष आठमा अटाउन गाह्रो नभएको आरसीटी प्रशिक्ष्ाक मधु कार्कीले बताए ।
आरसीटीका लागि भीम दर्लामीले १५ र २० औं मिनेटमा गोल गरे । अपि|mकी मूलका फरवार्ड एन्टोलोले १८ औं मिनेटमा दोस्रो गोल गरेका थिए । खेल सकिन दुई मिनेटअघि यलम्बर राईले बि्रगेड ब्वाइजका लागि सान्त्वना गोल गरे ।
हल्चोकमा स्वयम्भूमाथि ४-१ को जित रच्दै सरस्वतीले 'ए' डिभिजनमा कायमै रहने संभावना बलियो
बनायो । जितसँगै सरस्वती १४ अंसहित १३ औंमा रह्यो । पाकिस्तानी योना इलियसले पेनाल्टीमा गोल गर्दै १५ औं मिनेटमा पहिलो गोल गरे । उनलाई बोडम्यानले लडाएपछि सरस्वतीले पेनाल्टी हान्ने अवसर पाएको थियो ।
अर्का पाकिस्तानी मोहम्मद नाभेदले ४९, दुर्गालाल श्रेष्ठले ५७ र रमेश तामाङले ८८ औं मिनेटमा गोल गर्दै सरस्वतीलाई चौथो जित दिलाए । स्वयम्भूका लागि एकमात्र गोल बाबुलाल हास्दाले ६८ औं मिनेटमा गरे ।