Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

बिमाबाहेक सबै घटे

Published on: Sunday, July 24, 2011 //

काठमाडौं, साउन ९ - सेयर बजारमा आइतबार कारोबार भएका बिमाबाहेक सबै समूहको परिसूचक घटेपछि नेप्से ओरालो लागेको छ। कारोबार रकम पनि अघिल्ला दिनहरुका तुलनामा कम छ। स्टक एक्सचेन्जका अनुसार नेप्से ११.१५ अंकले घटेर ३६५.४३ मा आइपुगेको छ। बिहीबार ३.६५ अंकले घटेको थियो। जलविद्युत समूहको परिसूचक सबभन्दा उच्च अंक (३४.३२)ले घटेको छ। यसलाई क्रमशः अन्य, वाणिज्य बैंक, विकास बैंक, होटल र वित्तले पछ्याएका छन्। बिमा समूहको परिसूचकमा सामान्य सुधार आएको छ।उत्पादनमूलक र व्यापार समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन।

यस दिन ८ सय ४६ कारोबारमा २ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरका एक लाख ७ हजार ३३ कित्ता सेयर किनबेच भएका छन्। बिहीबार ९ सय ९ कारोबारमा ५ करोड ३० लाख ४० हजार रुपैयाँ बराबरका एक लाख ३९ हजार ५ सय ८४ कित्ता सेयर किनबेच भएका थिए। गत वर्षको औसत दैनिक कारोबार रकम २ करोड ८५ लाख रुपैयाँ हो। अघिल्लो वर्ष दैनिक औसत कारोबार रकम ५ करोड रुपैयाँ थियो। यस दिन ७९ कम्पनीको सेयर कारोबार भएकोमा १८ को मूल्य बढेको, ४ को स्थिर रहेको र ५७ को घटेको स्टक एक्सचेन्जले जनाएको छ। एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २ सय नाघे पनि सेयर किनबेच हुनेको संख्या बढेको छैन।

आइतबार सबैभन्दा धेरै पटक (६३) सेयर किनबेच भएको कम्पनी बैंक अफ काठमान्डु हो। धेरै कित्ता (२३ हजार ६ सय ) सेयर किनबेच भएका आधारमा एनसिएम म्युचुअल फन्ड अगाडि छ। कारोबार रकम (४६ लाख ४८ हजार रुपैयाँ) का आधारमा चिलिमे हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ। भाजुरत्न फाइनान्स, लक्ष्मी बैंक र बुटवल पावर कम्पनी यस दिन सेयर मूल्य घट्ने कम्पनीको सूचीमा अगाडि छन्। नेसनल हाइड्रोपावर कम्पनी, डिप्रोक्स डेभलपमेन्ट बैंक र प्रभु फाइनान्सको सेयर मूल्य उच्च दरमा बढेको छ।
यस दिनको कारोबारबाट बजार पुँजीकरण ३ खर्ब २५ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा १० अर्ब कम हो। बजार उचाइमा पुगेका बेला यो ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको थियो। - @ (नागरिक)

0 comments for "बिमाबाहेक सबै घटे"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!