मनीषा कोइराला डिभोर्सको तयारीमा I
Published on: Sunday, January 8, 2012 //
feature
काठमाण्डौ, ब्यापारी सम्राट दाहालसंग विबाह भएको ६ महिना पश्चात नै डिभोर्स हल्लामा परेकी अभिनेत्री मनिषा कोइरालाले अन्तत: डिभोर्सको मुडलाई कानुनी रूप दिने भएकी छिन् ।
एक महिना यता मुम्बईमा रहेकी उनले आफ्नै फ्ल्याटमा आयोजना गरेको जमघट कार्यक्रममा साथीहरूमाझ उक्त कुरा बताएको भारतीय अनलाईन टाईम्स अफ इन्डियाले जनाएको छ । यस्तै प्रकाशित समाचार अनुसार मुम्बईमा पुन : सेटल भएर रहने मुडमा मनिषा पुगेकाले उनले आफ्नो बैबाहिक सम्बन्धलाई अदालती रूपबाट अन्त्य गर्न लागेकी हुन् । अनलाईनका अनुसार मनीषा अब बलिउडमा कमब्याक गर्ने सोचाईमा पनि छिन् ।
तर उनको सोचाईलाई बलिउड फिल्म मेकरहरुले कसरी बुझ्ने हुन् त्यो भने निकट भबिष्यमा नै थाहा हुने छ । सन्तानको बिषयमा सानो विवाद उत्पन्न हुदा उब्जिएको मनमुटावले मनीषाले डिभोर्सको मुड बनाएको उनी निकट विभिन्न स्रोतहरूको भनाई छ ।
हेरौं मनीषाको यो डिभोर्सको खबर साच्चिकै हो वा सुस्ताएको आफ्नो चर्चालाई उनले पुनः ब्यूताउने प्रयास स्वरूप डिभोर्स फण्डा झिकेकी हुन् त्यो भने आगामी दिनमा थाहा हुने नै छ तर त्यतिन्जेल सम्मका लागि फेरी ब्यूतिएको मनीषाको डिभोर्स खबरको बिषयमा तपाईको विचार के छ ? प्रतिक्रिया जनाउनु होला !फिल्मीखबर