Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

टि्वटरले गुगलको परिवर्तनमा आलोचना I

Published on: Friday, January 13, 2012 //



सामाजिक संजाल टि्वटरले गुगलले आफ्नो सामाजिक संजाल गुगल प्लसमा गरेको पछिल्लो परिवर्तनको आलोचना गरेको छ । गुगल प्लसको सर्च रिजल्टमा परिवर्तन गरिएपछि टि्वटर असन्तुष्ट बनेको हो । गुगल प्लसमा राखिएको नयाँ फिचर सर्च प्लस योर वल्र्डले गुगल प्लसबाट खोजि गरिएका विषयवस्तुहरु स्वतः माथिल्लो दर्जामा राख्ने भएकाले त्यसको टि्वटरले विरोध गरेको हो ।

टि्वटरका वकिल एलेक्स म्याकगिल्लीभ्रेले गुगलको पछिल्लो काम इन्टरनेटको इतिहासमा खराब दिन भएको बताएका छन् । फेसबुक लगायतका सामाजिक संजाललाई चुनौति दिनेगरी गुगलले आफ्नो सामाजिक संजाल गुगलप्लसलाई नयाँ रुपमा अघि बढाइरहेको बेला पछिल्लो फिचर थपेको हो ।

हालै गुगलप्लसमा थप गरिएका ३ वटा फिचरमा पर्सनल रिजल्ट, प्रोफाइल इन सर्च र पिपुल इन पेजेज हुन् । पर्सनल रिजल्टको माध्यमबाट प्रयोगकर्ताले गुगल प्लस फोटो, पोष्ट तथा अन्य सामाग्रीको खोजी गर्न सक्नेछन् । त्यस्तै प्रोफाइल इन सर्च फिचरको माध्यमबाट प्रयोगकर्ताले इच्छाएका तथा फलो गर्न इच्छुक व्यक्तिहरु पत्ता लगाउन सक्नेछन् । पिपुल एन्ड पेजेजको प्रयोग भने खास विषयवस्तु तथा क्षेत्रका व्यक्तिका प्रोफाइल र पेज पत्ता लगाएर फलो गर्न सकिनेछ ।

पछिल्लो परिवर्तनका कारण गुगल सर्च इन्जिनमा गरिने खोजीमा टि्वटर भन्दा अगाडि गुगल प्लसका जानकारीहरु आउने भएपछि टि्वटरले असन्तुष्टि जनाएको हो । टि्वटरका वकिलले गुगल प्लसलाई समेत सर्च रिजल्टमा समावेश गरिएपछि प्रयोगकर्तालाई सर्च इन्जिनमा खोजी गर्दा सही र एकिकृत सूचना पाउन झनै गाह्रो हुने बताए । टि्वटरले निकै छिटो तथा विश्वसनीय समाचार दिँदै आएकोमा गुगलको पछिल्लो हस्तक्षेपले गर्दा इन्टरनेट प्रयोगकर्तालाई टि्वटरका जानकारी पाउन मुस्किल पर्ने र उनीहरुले सही सूचना नपाउने खतरा हुने टि्वटरका वकिलको दाबी छ । तर गुगलले भने टि्वटरले आफुसँग सम्झौता नविकरण नगरेकाले गुगल प्लसमा पछिल्लो परिवर्तन गरिएको जनाएको छ ।-onlinemazza.com

0 comments for "टि्वटरले गुगलको परिवर्तनमा आलोचना I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!