Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

छोरीलाई अमेरिका उडाएर करिश्मा दम्पत्ती ‘बर्थ डे’ पार्टीमा I

Published on: Thursday, January 12, 2012 //


आफ्नो एक मात्र छोरी कवितालाई नायिका करिश्मा मानन्धर र उनका श्रीमान् बिनोद मानन्धरले अमेरिका पठाएका छन् । करिश्मा र बिनोदले छोरी कवितालाई वुधवार बेलुकी अमेरिका उडाएका हुन् ।


 छोरी कवितालाई अमेरिका उडाएर आएकाले पनि हुनसक्छ, नायिका करिश्मा मानन्धरको अनुहारमा खासै चमक भने देखिएको थिएन ।

बुधवार छोरी कवितालाई अमेरिका उडाएपछि यी दुई दम्पत्ती नृत्य निर्देशक गोविन्द राईको जन्मदिनको पार्टीमा पुगेका थिए ।

गोविन्द राई करिश्माका राम्रा साथी पनि हुन् । यसैले पनि हुनसक्छ, करिश्माले उनको बोली टार्न नसकेर बेलुकी यस्तै पौने दश बजे गोबिन्दको घरमा पुगेकी हुन सक्छिन् ।

नृत्य निर्देशक राईले आफ्ना केही साथीभाइ र नायिका करिश्मा मानन्धरको दम्पत्तीलाई बोलाएर र्थ डे मनाएका हुन् । निक्कै खुशी देखिएका गोबिन्दले सबैसँग बर्थ डे मनाउन पाउँदा खुशी लागेको बताए । उनले आफ्नो उमेर भने बताएनन् ।

बर्थ डे मा अन्य केही नायिका समेत आउने भनिएपनि व्यस्तताका कारण आउन सकेका थिएनन् । जे भएपनि नृत्य निर्देशक गोबिन्द राईलाई हाम्रो तर्फवाट ह्यप्पी बर्थ डे ।अनलाइनखबर

0 comments for "छोरीलाई अमेरिका उडाएर करिश्मा दम्पत्ती ‘बर्थ डे’ पार्टीमा I"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!