Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

बढ्दै छ दूधमा परनिर्भरता

Published on: Thursday, June 9, 2011 //


उत्पादित दूधले बजार नपाउँदा तीन वर्षअघिसम्म किसानले साताको एकपटक सडकमा पोख्थे । अहिले 'मिल्क होलिडे' हटेको छ । उद्योगहरूलाई उल्टो अभाव सुरु भएको छ । देशभित्र दूध नपाएर दुग्ध विकास संस्थानले भारतको बिहारबाट दैनिक ३० हजार लिटर दूध भित्र्याउँदै आएको छ । दुग्ध उत्पादनमा सक्रिय जनशक्तिको पलायन र बढ्दो मागका कारण केही वर्षअघिसम्म देशमै फालाफाल दूध अहिले विदेशबाट भित्र्याउनुपर्ने अवस्था आएको हो ।
उन्नत जातका गाईभैंसीको अभाव, लागतको तुलनामा कम प्रतिफल र किसानमुखी कार्यक्रमको अभावका कारण पेसालाई निरन्तरता दिन कठिनाइ भएको किसानको भनाइ छ । ललितपुरको शंखु गाउँमा मासिक १ लाख रुपैयाँको दूध उत्पादन गर्ने अर्जुन घिमिरे मेहनत अनुसारको मूल्य नहुँदा भैंसीपालन पेसालाई निरन्तरता दिन कठिन भएको बताउँछन् । 'दाना, ढुटो र भैंसीसमेत भारतबाट किनेर ल्याउनुपर्छ,' उनले भने, 'बजारभाउ दिनहुँ बढे पनि किसानलाई उचित मूल्य छैन । आम्दानी राम्रो नभएपछि धेरै साथी भैंसी बेचेर कतार मलेसिया लागेका छन् ।'
अनेक समस्याका कारण घिमिरेजस्ता बर्सेनि सयौं किसान दुग्ध उत्पादनबाट पलायन भएको उद्योगी, विशेषज्ञ तथा किसानहरू स्विकार्छन् । उनीहरूका अनुसार लागतअनुसारको प्रतिफल, पशु उपचारका लागि विशेषज्ञ सेवाको अभाव र सडकको असुविधाका कारण किसानको लागत आकासिएको छ । यसैगरी स्वदेशमै उन्नत प्रजातिका पशु र आहारको व्यवस्था नहुँदा लाखौं रुपैयाँ बिदेसिएको छ । लागतै नजोगिने गरी घाटा हुँदा युवापुस्ता दुग्ध उत्पादनप्रति आकषिर्त हुन नसकेको दुग्ध उत्पादक सहकारी संघ ललितपुरका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । '२५/३० वर्ष उमेरका युवाहरू यस पेसामा नगन्य छन्,' उनले भने, 'अब बूढापाकाको भरमा मात्रै दुग्ध व्यवासायीकरण हुन सक्दैन ।'
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार हाल देशमा १४ लाख मेटि्रकटन दूध उत्पादन हुन्छ । त्यसको १५ प्रतिशत सहकारी संस्था, किसान संघ वा उत्पादक समूहमार्फत बजारमा पुग्छ । बाँकी ३५ प्रतिशत दूध किसानले आपmनै भाँडोमा राखेर नजिकैको बजारमा बेच्छन् । सर्वेक्षणका क्रममा कुल उत्पादनको करिब आधा दूध किसानले घरमै प्रयोग गर्ने गरेको पाइएको बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले बताए । उनका अनुसार बजारमा करिब ११ प्रतिशतका दरले दूधको माग बढे पनि उत्पादन वृद्धिदर नगन्य छ । लागत र मूल्य बराबर हुँदा पेसाप्रति किसानको आकर्षण बढ्न नसकेको उनले बताए ।
दुग्ध विकास बोर्डका अनुसार पmयाट -चिल्लो पदार्थको मात्रा) अनुसार किसानले प्रतिलिटर औसतमा २८ देखि ३२ रुपैयाँ पाउँछन् । उनीहरूको उत्पादन लागत करिब ३० रुपैयाँको हाराहारीमा पर्छ । किसानले मेहनतअनुसारको प्रतिफल पाउन नसकेको बोर्डकै तथ्यांकले देखाएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले किसानको अवस्था बोर्डको तथ्यांकभन्दा पनि लागत खर्च बढी रहेको जनाएको छ । लागतको तुलनामा बजारभाउ निकै कम भएकाले किसानको आम्दानी घटेको संघको दाबी छ ।

उत्पादन लागत र बजार मूल्यबीच फरक नहुनु किसानको पलायन प्रमुख समस्या भएको संघका केन्द्रीय अध्यक्ष माधव देवकोटाले बताए । संघका अनुसार औसतमा प्रतिलिटर ३५ रुपैयाँ लागत पर्ने दूध बेचेर किसानले २५ देखि २७ रुपैयाँ मात्रै पाएका छन् । 'किसानले सस्तोमा बेचेका छन्, उपभोक्ताको ढाड सेकिएको छ,' उनले भने, 'नाफाजति उद्योगीलाई भयो, 'केही नपाएपछि किसानहरू भैंसी बेचेर बिदेसिएका छन् ।' संघको दाबीअनुसार किसानबाट ६ प्रतिशत पmयाट भएको दूध औसतमा ३० रुपैयाँमा किन्ने उद्योगीले ३ प्रतिशत पmयाट भएको दूध ४४ रुपैयाँमा बेच्ने गरेका छन् । उद्योगीहरू भने बोर्डले निर्धारण गरेको दर र मापदण्डअनुसारै मूल्य निर्धारण भएको भन्दै संघले दाबी गरेजस्तो 'मनपरी नाफा' नभएको बताउँछन् ।
हाल देशमा दैनिक करिब ४ सय मेटि्रकटन(चार लाख लिटर) भन्दा बढी दूधको अभाव छ । सहरीकरण, विस्तारित दुग्ध बजार र दूधबाट अनेक परिकार बनाउने चलनका कारण हरेक वर्ष दैनिक एक लाखका दरले माग बढ्ने बोर्डको अनुमान छ । मिल्क होलिडे बन्द भएयताका तीन वर्षमा दूध उत्पादन बढ्न नसकेको संघका केन्द्रीय अध्यक्ष देवकोटाले बताए । 'किसानलाई प्रोत्साहन नगरे दूधमा परनिर्भरता बढ्दै छ' उनले भने । किसानबाट बजारमा पुग्ने २० लिटर दूध बराबर एकजनाको रोजगारी सिर्जना हुने भनिए पनि त्यस किसिमको वातावरण नबनेको संघको भनाइ छ ।
विश्व खाद्य संगठनले सन् २००१ देखि जुन १ का दिन विभिन्न देशमा मनाउन थालेको दूध दिवस नेपालमा पहिलोपटक मनाउन थालिएको हो । दूध दिवसको अवसरमा संघले सुलभ पशु उपचार, उन्नत नश्ल र पशुबिमाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । किसानलाई भारी छुट र राहत, सुलभ बिमाको व्यवस्थाका कारण केही वर्षयता भारतको बिहारमा किसानको संख्या बढेकाले नेपालमा भैंसीको अभाव र मूल्यवृद्धि भएको किसानहरूको भनाइ छ ।
संघका अध्यक्ष देवकोटाले नेपालमा पनि बिहारमा जस्तै किसानलाई राहतको व्यवस्था भए दूधमा परनिर्भरता हटी निर्यात समेत गर्न सकिने बताए ।
साभार - इ. कान्तिपुर

0 comments for "बढ्दै छ दूधमा परनिर्भरता"

Leave Reply

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!
Subscribe to our RSS Feed! Follow us on Facebook! Follow us on Twitter! Visit our LinkedIn Profile!
Feed!