Published on: Wednesday, January 25, 2012
//
बिश्वमा
एजेन्सी,
पाकिस्तानमा नक्कली औषधीका कारण ज्यान गुमाउने संख्या ७० पुगेको छ । पंजाब प्रान्तमा सरकारले उपलब्ध गराएको निशुल्क औषधीका कारण ज्यान गुमाउने बिरामीहरुको संख्या ७० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नक्कली औषधीका कारण ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने पाकिस्तानी अधिकारीहरुले बताएका छन् । लाहौरको पंजाब इन्सिटच्युट अफ कार्डियोलोजी नामक अस्पतालबाट यो औषधी वितरण गरिएको बिबिसीले जनाएको छ । यो सरकारी अस्पताल हो । प्रहरीले औषधी उत्पादनमा संलग्न तीन वटा कम्पनीका मालिकलाई पक्राउ गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।
पंजाबका स्वास्थ्य सचिव जेहान्जेब खानले औषधीका कारण हालसम्म ३ सय ५० जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन् । यसैबीच नक्कली औषधीका कारण नागरिकको ज्यान गएको भन्दै पंजाब विधान सभामा विपक्षीहरुले कडा बिरोध गरेका छन् । विपक्षीहरुले पंजाबका मूख्यमन्त्री शाहबाज शरीफको राजिनामा मागेका छन् । –एजेन्सीको सहयोगमा
Published on: Saturday, January 21, 2012
//
बिश्वमा
एजेन्सि, माघ ८,
नाईजेरियाका दोश्रो ठूलो शहर कानोमा गत शुक्रवार भएको सिलसिलाबद्ध बम विस्फोटमा मारिनेको सख्या करिव १५० पुगेको छ । अस्पताल घाईते ब्यक्ति तथा शव गृह मृतकको कारण भरिएको छ ।
अस्पतालमा घाईते हुनहरुको आउनक्रम बढिरहेको जनाइएको छ । श्रृखलावद्ध बम विस्फोट पछि शहरमा २४ घन्टे कफर्यू जारी गरिएको विविसिले जनाएको छ । उत्तरी नाईजेरियाको मुस्लिम बाहुल्यता रहेको सो क्षेत्रमा भएको घटनाको ईस्लामी विद्रोही सङ्गठन बोको हरामले जिम्मा लिएको छ ।
Published on: Friday, January 20, 2012
//
बिश्वमा
एजेन्सी, माघ ७,
नाईजेरियाको कानो शहरमा प्रहरी कार्यालय लगायत महत्वपूर्ण ठाउँमा श्रृंखलावद्ध बम विष्फोट हुँदा कम्तीमा सात जनाको ज्यान गएको छ । बम विष्फोटमा ५० जना भन्दा बढी घाईते भएका छन् ।
प्रहरी मुख्यालय, दुई वटा प्रहरी चौकी र आप्रवासन कार्यालयमा बम विष्फोट र गोली हानाहान भएको नाइजेरियाका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमा तीन जना सरकारी उच्च अधिकारी समेत रहेको बताईएको छ ।
घटनापछि स्थानीय प्रशासनले कानो शहरमा कर्फ्यूको घोषणा गरेको छ । विष्फोटको जिम्मेवारी ईस्लामिक आतंकवादी संगठन बोको हरामले लिएको छ । संगठनका प्रवक्ताले प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्ता रिहाई गर्न सरकारले अस्वीकार गरेकाले विष्फोट गराएको बताएका छन् ।
पछिल्लो समय बोको हरामले नाईजेरियाको उत्तरी क्षेत्रमा हिंसात्मक गतिबिधी तिव्र पारेको छ । विशेष गरी ईशाई धर्माबलम्बीहरुलाई लक्षित गरी आक्रमण भएपछि हजारौं नागरिकले देश छाडेका छन् । -एजेन्सीको सहयोगमा
Published on: Thursday, January 19, 2012
//
बिश्वमा
एजेन्सी, माघ ६,
प्यालेष्टिनी संसदका सभामुख अब्दुल अजीज अदवेकलाई आतंकवादी गतिविधीमा संलग्न रहेको आरोपमा ईजरायली सीमा सुरक्षा बलले पक्राउ गरेको छ । अदवेकलाई रमल्लाह र जेरुसेलमको बिचमा पर्ने जाभा क्षेत्रबाट ईजरायली सुरक्षाफौजले नियन्त्रणमा लिएको हो ।
अदवेक प्यालेष्टिनी क्षेत्र गाजामा शासन चलाईरहेको ईस्लामिक संगठनका हमासका वरिष्ठ र प्रभावशाली नेता हुन् । ईजरायल र हमासबीच तनाव बढिरहेका बेला भएको हमास नेताको गिरफतारीले दुई पक्षबीच द्वन्द्व अझ चर्किने संभावना बढेको विश्लेषकहरुले बताएका छन् ।
प्यालेष्टिनी संसदमा रहेका ७४ जना हमास सदस्य मध्ये २० जनालाई ईजरायलले यसअघि विभिन्न आरोपमा पक्राउ गरेको गियो । अदवेकलाई अमेरिका, यूरोपियन युनियन र इजरायलले आतंकवादी रहेको आरोप लगाउँदै आएका थिए । - एजेन्सीको सहयोगमा
Published on: Wednesday, January 18, 2012
//
बिश्वमा
इस्लामावाद, माघ ५,(एजेन्सी)
अमेरिकी विशेषदूत मार्क ग्रोसम्यानलाई भ्रमण अनुमति दिन पाकिस्तानले अस्वीकार गरेको छ। 'विशेष दूत ग्रोसम्यानले भ्रमण अनुमतिका लागि अनुरोध गरेका थिए,' पाकिस्तानका एक वरिष्ठ अधिकारीले भने, 'अहिलेको अवस्थामा भ्रमण हुन नसक्ने सन्देश दिएका छौं।'
अफगानिस्तान तथा पाकिस्तानका लागि अमेरिकी विशेष दूत ग्रोसम्यानले तालिबानलाई शान्ति वार्तामा ल्याउने विषयमा छलफल गर्न यसै साता कतार, संयुक्त अरब इमिरेट्स (युएइ) र अफगानिस्तानको भ्रमण गर्ने कार्यक्रम छ।अफगानिस्तानमा तैनाथ पश्चिमा देशका सैनिकविरुद्ध लड्दै आएका तालिबान विद्रोहीलाई मूलधारमा ल्याउने प्रक्रियामा पाकिस्तानको भूमिका महŒवपूर्ण हुनेछ। पश्चिमा राष्ट्रका सैनिकले सन् २०१४ अन्त्यसम्म अफगानिस्तान छाड्दैछन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मार्क टोनेरले अमेरिका-पाकिस्तान द्वीपक्षीय सम्बन्धबारे पाकिस्तानी संसदबाट कुनै निर्णय नहुन्जेल ग्रोसम्यानलाई अनुमति दिन नसकिने जानकारी गत साता पाकिस्तानबाट आएको बताए। पाकिस्तानले डिसेम्बर सुरुमै अमेरिका तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँगको सहकार्यबारे समीक्षा गर्ने निर्णय भएको बताएको थियो। अहिले संसदमा त्यस विषयमा छलफल भैरहे पनि सरकारलाई यसबारे कहिले सिफारिस गर्ने भन्ने टुंगो छैन।
नोभेम्बरमा नेटोको सैनिक कारबाहीमा २४ पाकिस्तानी सैनिकको मृत्यु भएपछि अमेरिका र पाकिस्तानबीचको सम्बन्ध निकै चिसिएको छ। गत वर्ष जनवरीमा सिआइएका एक कन्ट्र्याक्टरले दुई पाकिस्तानीको हत्या गरेपछि वासिङ्टन र इस्लामावादबीचको सम्बन्धमा तनाव सिर्जना भएको थियो।
मेमा कुनै सूचनै नदिई पाकिस्तानभित्र प्रवेश गरेर अमेरिकी विशेष सैनिक टोलीले अलकायदाका प्रमुख ओसामा बिन लादेनको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध निकै बिग्रिएको थियो। उक्त घटनाले पाकिस्तानको शक्तिशाली सेनालाई थप आक्रोशित पारेको थियो। पाकिस्तानले उक्त कारबाहीबाट देशको सार्वभौमिकता उल्लंघन भएको बताउँदै आएको छ।
Published on: Thursday, January 12, 2012
//
बिश्वमा
एजेन्सी, इस्लामावाद, पुस २८,
पाकिस्तानी सेनालाई दबाबमा राख्न अमेरिकासँग मद्दत मागेको भनिएको 'मेमो' लाई लिएर पाकिस्तानमा सरकार र सेनाबीच विवाद चर्किएको छ । प्रधानमन्त्री युसुफ रजा गिलानीले पद दुरुपयोग गरेको आरोपमा बुधबार सेनासँग निकट रक्षासचिव नइम खालिद लोधीलाई हटाएका छन् । सेनाले मेमो प्रकरणले गम्भीर परिणाम ल्याउने चेतावनी दिएलगत्तै प्रधानमन्त्री गिलानीले रक्षासचिवलाई हटाएका हुन् ।
नागरिक सरकार र सेनाबीच पुलको काम गरिरहेका लोधी अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल हुन् । उनको स्थानमा गिलानीले आफूनिकट क्याबिनेट सचिव नर्गिस सेथीलाई ल्याएका छन् । गत सोमबार एक चिनियाँ अखबारलाई अन्तर्वार्ता दिँदै गिलानीले सेना प्रमुख अस्फाक पर्वेज कयानी र गुप्तचर प्रमुख अहमद सुजा पासाले संविधानविपरीत काम गरिरहेको बताएका थिए । त्यतिबेला कयानी चीन भ्रमणमा थिए । यसलाई सेनाले आफ्नो छवि धमिल्याउने षड्यन्त्र ठानेको छ । मेमो प्रकरणमा सरकारी अनुमतिबिनै सेनाले अदालतमा वकपत्र बुझाएपछि गिलानी क्रुद्ध बनेका हुन् ।
सेनाद्वारा बुधबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले गम्भीर परिणाम ल्याउन सक्ने उल्लेख छ । 'सेना र गुप्तचर प्रमुखविरुद्ध सम्माननीय प्रधानमन्त्रीले लगाएको आरोप योभन्दा थप गम्भीर हुन सक्दैन,' सेनाले भनेको छ, 'संविधान उल्लंघन भएको भन्दै अधिकृतहरूमाथि दुर्भाग्यपूर्ण रूपमा अभियोग लगाइएको छ ।'
प्रधानसेनापति कयानी मंगलबार चीन भ्रमणबाट फर्किएका थिए । लगत्तै गिलानीको आरोपप्रति गम्भीर चासो राख्दै उच्च सैन्य अधिकारीहरूसँग छलफल गरे । रक्षासचिवलाई अपदस्थ गरिएलगत्तै बुधबार कयानीले 'पि्रन्सिपल स्टाफ अफिसर्स' बैठक डाकेका थिए । उनले बिहीबार पनि उच्च कमान्डरहरूको बैठक राखेका छन् ।
प्रधानमन्त्रीले लोधीमाथि 'राज्यका निकायहरूबीच असमझदारी पैदा गरेको' आरोप लगाएका छन् । गत डिसेम्बर १५ मा मेमोगेटबारे सर्वोच्च अदालतमा सुनुवाइका क्रममा लोधीले पाकिस्तानी सेना र गुप्तचर निकाय (आईएसआई) मा रक्षा मन्त्रालयको कुनै नियन्त्रण नरहेको बताएका थिए । उनको यस भनाइको सरकारले कडा प्रतिक्रिया जनाएको थियो । प्रधानमन्त्री गिलानीले संसद्मा सम्बोधन गर्दै सेना र सरकारबीच कुनै मतभेद नभएको बताएका थिए ।
६ दशकको इतिहास भएको पाकिस्तानमा सेनाले पटक-पटक 'कु' मार्फत आधाभन्दा बढी समय शासन गरेको छ । त्यसैले मेमो प्रकरणमा चर्किएको विवादले पनि धेरैलाई सशंकित तुल्याएको छ । सर्वोच्च अदालतले मंगलबार मात्रै भ्रष्टाचार प्रकरणमा पाकिस्तानी राष्ट्रपति असिफ अली जर्दारी र प्रधानमन्त्री दुवैमाथि कारबाही हुन सक्ने चेतावनी दिएको थियो ।
दशक लामो सैन्य तानाशाहपछि २००८ मा राष्ट्रपति बनेका जर्दारीका लागि मेमोगेट काण्ड सबैभन्दा ठूलो संकट बनेको छ । शक्तिशाली र 'कु' मा कहलिएको पाकिस्तानी सेनाले यसलाई अवसरका रूपमा लिन्छ कि भन्ने धेरैको आशंका छ । यसैबीच सेनाले तत्कालै रावलपिण्डीस्थित इकाईको कमान्डर परिवर्तन गरेको छ । विगतका 'कु'हरूमा महत्त्वपूर्ण भूमिका खेलेको उक्त १११ बि्रगेडको नयाँ कमान्डर बि्रगेरियड जनरल सर्फराज अलीलाई बनाइएको छ ।
Published on: Tuesday, January 10, 2012
//
बिश्वमा
इस्लामाबाद, पुस २६,
पाकिस्तानको पञ्जाब प्रान्तमा मंगलवार भएको एक सडक दुर्घटनामा परि सत्तारूढ पाकिस्तान पीपुल्स पार्टीका सांसद अजीज अहमद खान दौलताना तथा उनका अंगरक्षक सुरक्षाकर्मीको मृत्यु भएको छ ।
प्रहरीले जनाए अनुसार ३३ बर्षीय दौलताना आफ्नो गृहनगर लुद्दान जाँदै गर्दा उनी चढेको गाडी सड्क किनारामा रहेको रूखमा ठोक्किएर दुर्घटनामा परेको थियो । उहाँका अंगरक्षक सुरक्षाकर्मीको भने घटनास्थलमा नै मृत्यु भएको थियो । गम्भिर घाइते भएका उहाँलाई अस्पताल पुर्याईएको थियो ।
त्यही उनको पनि निधन भएको हो । पीएमएल-एनका वरिष्ठ नेता तहमीना दौलतानाका भतीजा यी सांसद रक्षा सम्बन्धि मामलाको संघीय संसदीय सचिव समेत रहेका थिए । ग्लोबल नेपाल न्यूज
एजेन्सी, पुस २४,
सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार होम्स र इदलीब शहरमा मात्र २१ जनाको मृत्यु भएको छ ।
यतिबेला अरब लीगका पर्यवेक्षक क्षेत्रीय शान्ति योजनाको समिक्षाका लागि सीरियामै भएपनि हिंसात्मक घटनामा भने कमि नआएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस अघि शुक्रबार भएको प्रदर्शनमा पनि कम्तीमा २६ जनाको ज्यान गएको थियो ।
यसैबिच, भारतले आफ्ना नागरिकहरुलाई सीरियामा भएको असहज परिस्थीतिका कारण उक्त देशमा नजान अनुरोध गरेको छ । सीरियामा भएका आत्मघाती हमलामा २६ व्यक्तिको मृत्यु भएपछि भारतको विदेशमन्त्रालयले यस्तो अनुरोध गरेको हो ।
Published on: Friday, January 6, 2012
//
बिश्वमा
वेलिङ्टन (न्युजिल्यान्ड) पुस, २३ (एपी)
११ जनालाई बोकेर उडेको एउटा हट एयर बेलुन शनिबार त्यहाँको एक गाउँमा विद्युत प्रसारण हुने टावरसँग ठोक्किएको छ। उड्दै गरेका मानिसहरु एकाएक ठोक्किँदा आगोको ज्वालासँग जुध्न पुगे।
न्युजिल्यान्डमा ५० वर्षपछि भएको यस्तो प्रकृतिको दुर्घटनामा भएको हो। दुर्घटनामा सबैको मृत्यु भयो। उडिरहेको बेलुन ठोक्किएपछि आगो निस्कनुअघि नै दुई व्यक्ति ज्यान जोगाउन हामफालेका थिए।
उनीहरु ठूलो आवाजसहित जमिनमा बजारिए। हट एयर बेलुनका लागि ख्याती कमाएको क्यारटेरटोनमा यस्तो दुर्घटना भएको हो। हावाको वेग सामान्य हुँदाहुँदै पनि यस्तो दुर्घटना हुन पुगेको थियो।
एक पाइलट र पाँच जोडी विलिङटन क्षेत्रका मानिस हुन् जसले शनिबार बिहानै ज्यान गुमाए। प्रहरी सुपरिटेन्डेन्ट माइक रुसविचले कतिपयको शरीर जलेर चिन्न नसकिने अवस्थामा नै पुगेको बताए।
रुसविचका अनुसार बेलुनले बोकेको बास्केट विद्युत लाइनको टावरसँग ठोक्कियो र आगो लाग्यो। प्रतक्ष्यदर्शीलाई उदृत गर्दै स्थानीय मिडियाले जनाएअनुसार उनीहरु ठोक्किएपछि बास्केटबाट करिब १० मिटर लामो आगोको ज्वाला निस्किएको थियो।
प्रत्यक्षदर्शी वेभन ल्यम्वेथले भने, 'बास्केट केहीबेर तारमा झुन्डियो। करिब ५० मिटर माथि रहेको तारमा झुन्डिएको बास्केट तलमाथि हुन थाल्यो र आगोको ज्वालामा पुग्यो। त्यसपछि पूरै बास्केट ध्वस्त भयो।'
दुर्घटनाको एरियल फोटो हेर्दा सेतो घर नजिकै हरियो जमिनमा कालो खरानी देखिन्छ। डेभिड म्याकिन्लेले देख्दा बेलुन एउटा रुखभन्दा केही माथि थियो। 'पाइलटले केही उचाई लिन खोजेका हुन कि जस्तो देखिन्थ्यो,' उनले सुनाए, 'त्यत्तिकैमा त्यहाँ १० मिटरजत्रो ज्वाला देखियो।'
दुर्घटनामा मरेकाहरुप्रति स्थानीय सरकारले शोक व्यक्त गरेको छ। यहाँको यातायात दुर्घटना अनुसन्धान विभागले तुरुन्तै काम थाल्ने बताएको छ। यो दुर्घटनामा सन् १९६३ मा न्युजिल्यान्डमा भएको डीसी ३ एयरलाइनरपछिको ठूलो मानिएको छ। त्यतिखेर २३ जना यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो।
जलिरहेको तस्बिर: चीनमा भएको एयर बेलुनको हो। दोस्रो तस्बिर न्युजिल्यान्डमा भएको दुर्घटनास्थलको हो। तस्बिर:एपी
Published on: Wednesday, January 4, 2012
//
बिश्वमा
– एजेन्सी चीन सरकारले गरेको एक अध्ययनले चीनका धेरै पुरातात्विक धरोहरहरु खतरामा रहेको देखाएको छ । सरकारद्वारा २० वर्ष लगाएर गरिएको एक अनुसन्धानले चीनमा झण्डै ४४ हजार पुरातात्विक एवं सांस्कृतिक स्थल गायव भएका छन् ।
चीनको इतिहासमै पहिलो पटक गरिएको यसप्रकारको अध्ययनले चीनमा रहेका अधिकांश सांस्कृतिक धरोहर लोपोन्मुख अवस्थामा रहेको देखाएको छ । अनुसन्धानले संसारकै ठुलो ‘ग्रेट वाल अफ चाइना’ लाई भने समेटेको छैन । तर चिनिया सांस्कृतिकर्मीहरुले यसको पनि अस्तित्व पनि खतरामा रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ग्रेट वाल क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुले नियमको पालना नगरेको र स्थानीय व्यवसायीहरुले पनि व्यवसायलाई मात्र ध्यान दिएकोले यसको संरक्षण हुन नसकेको बिबिसीले लेखेको छ । चीनका भण्डै एक चौथाईँ सांस्कृतिक धरोहरहरु खतरामा रहेको अनुसन्धानले देखाएको छ ।
अधिकांश धरोहरहरु अति कमजोर भएका कारण अन्य पूर्वाधार निर्माणका क्रममा नष्ट भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त सर्वेक्षणका उप निर्देशक लिउ शियाओले व्यवसायिक प्रयोजनका लागि अधिकांश संरचनाहरु ध्वस्त भएको सरकारी सञ्चार माध्यमलाई बताएको बिबिसीले जनाएको छ ।
Published on: Sunday, January 1, 2012
//
बिश्वमा
-एजेन्सी नयाँ वर्ष २०१२ को स्वागतमा उत्सव मनाइरहँदा जापानमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको भुकम्प मापन गर्ने मेट्रोलोजिकल एजेन्सीले स्थानीय समय अनुसार २ बजेर २८ मिनेट जाँदा भूकम्प गएको जनाएको छ ।
राजधानी टोकियो भन्दा ५ सय ६० किलोमिटर दक्षिणमा रहेको सामुन्द्री टापु तोरिशिमालाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको एजेन्सीले जनाएको छ । भूकम्प पछि उच्च सर्तकर्ता अपनाएपनि सुनामीको चेतावनी दिइएको छैन । हालसम्म कुनै क्षतिको विवरण नआएको जापान टुडे डट कमले जनाएको छ ।
अमेरिकी भूकम्प मापन केन्द्रले समुन्द्री सतहभन्दा ३ सय ४८ किलोमिटरसम्म भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । जापान टुडेका अनुसार भूकम्पका कारण रेल, हवाइ तथा अन्य यातायत केही पनि प्रभावित नभएको भएपनि सर्तकता अपनाइएको छ ।
सन् २०११ को मार्च ११ मा गएको ९ रेक्टर स्केलको भूकम्पबाट जापानमा १९ हजार भन्दा बढीको ज्यान गएको थियो भने आणविक भट्टी फुटेका कारण वातावरणीय विपत्ति आइपरेको थियो ।
Published on: Wednesday, December 28, 2011
//
बिश्वमा
पुष १३ – चीनले विश्वको सबैभन्दा अग्लो विमानस्थल बनाउने भएको छ । सन् २०१२ देखि निर्माण सुरु हुने विमानस्थल ४ हजार ४ सय ३६ मिटर उचाईमा रहने चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सिन्ह्वाका अनुसार हिमाली क्षेत्रमा रहने यो छैठौँ विमानस्थल हो । चीनको नाग्कु प्रान्तमा रहने यो विमानस्थल बनाउन झण्डै २३ खर्ब नेपाली रुपैँया अर्थात २८५ मिलियन अमेरिकी डलर लाग्ने चीनको उड्डयन प्राधिकरणको तिब्बत शाखाले अनुमान गरेको छ ।
हालसम्मको विश्वकै अग्लो विमानस्थल पनि चीनमा नै छ । चीनको तिब्बतमा ४ हजार ३ सय ३४ मिटर उचाईमा रहेको बाम्दा एअरपोर्ट हालसम्मको विश्वको अग्लो विमानस्थल मानिन्छ । अब बन्न लागेको विमानस्थल बाम्दा एअरपोर्ट भन्दा एक सय दुई मिटर अग्लो हुने छ । ६ सय ६० हेक्टर क्षेत्रफल ओगट्ने यो विमानस्थल तीन वर्ष भित्र निर्माण गर्ने चीन सरकारको योजना छ ।
समाचार संस्था सिन्ह्वाले विमानस्थल कहिले खुल्छ भन्नेबारे भने केही बताएको छैन । स्रोत उज्यालो
– एजेन्सी पुष ९,
पाकिस्तानको खाइबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती बम आक्रमणमा ६ जना सुरक्षाकर्मीको ज्यान गएको छ । अर्धसैनिक बललाई लक्षित गरी गराइएको आक्रमणमा परी अरु १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।
खाइबरको बन्नु सहरबाट बजिरिस्तानको मिरानशाह सहर जोड्ने सडकमा गुडिरहेको अर्धसैनिक बलको गाडीमा आक्रमणकारीले बम लादिएको अर्को गाडी ठोक्काएर विस्फोट गराएको थियो । निकै शक्तिशाली विस्फोटका कारण आसपासका भवन र गाडीहरुमा समेत क्षति पुगेको स्थानीय प्रहरी अधिकारी मोहम्मद शाफिकलाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।
विस्फोटपछि केही व्यक्तिहरुले फायरिङ समेत गरेका भएपनि त्यसबाट क्षति भने नपुगेको प्रहरीको भनाई छ । प्रहरी अधिकारीको भनाई उद्धृत गदै मृतकको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ । तालिवान विद्रोहीले आक्रमणको जिम्मा लिएको छ । अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा पर्ने बन्नु सहर बजिरिस्थानबाट ४० किलोमिटर पूर्वमा पर्छ ।
Published on: Tuesday, December 20, 2011
//
बिश्वमा
–एजेन्सी, पुष ६,
पाकिस्तानमा यो वर्ष इज्जत फालेको आरोपमा ६ सय ७५ जना महिलाको हत्या भएको छ । पाकिस्तानी मानव अधिकार आयोगले सन् २०११ को पहिलो ९ महिनामा मात्र ६ सय ७५ जना महिलाको इज्जतको मामिलामा हत्या अर्थात् ‘अनर किलिङ’ भएको जनाएको छ ।
यसरी मारिने मध्ये दुई तिहाइ विवाहित महिला रहेका र उनीहरुलाई परपुरुषससँग सम्बन्ध राखेको आरोपमा मारिएको मानव अधिकार आयोगको प्रपतवेदनले औँल्याएको छ । त्यस्तै इज्जत फालेको आरोपमा मारिनेमध्ये ७१ जना १८ वर्षमुनिका किशोरी छन् । आयोगका प्रवक्ताले आफुहरुसँग ६ सय ७५ जना महिलाको मात्र हत्या भएको तथ्यांक रहेपनि अझ धेरै महिला समेत मारिएको हुनसक्ने बताएका छन् ।
उनले पाकिस्तानमा महिलामाथि हुने अपराधका घटनामा वृद्धि भैरहेको समेत बताका छन् । मानव अधिकार आयोगका अनुसार अघिल्लो वर्ष सन् २०१० मा इज्जत फालेको आरोपमा ७ सय ९१ जनाको हत्या भएको थियो । त्यसमध्ये १ सय जना युवती घरपरिवारको मञ्जुरी बिना बिहे गरेको आरोपमा मारिएका थिए । मानवअधिकार सम्बन्धी काम गर्ने अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टनेशनलले इज्जत फलेको आरोपमा हत्या गर्नेहरुलाई कारबाही गर्न सरकारले कुनै पहल नगरेको भन्दै पाकिस्तानी सरकारको आलोचना गरेको छ ।
धार्मिक रुपमा यसको कुनै मूल्य नहुने भएपनि सांस्कृतिक कारण देखाउँदै पाकिस्तान, भारत, खाडी मुलुक तथा अफ्रिकी मुलुकहरुमा ‘अनर किलिङ’ हुने गरेको छ ।
Published on: Sunday, December 18, 2011
//
बिश्वमा
–एजेन्सी, पुष ४,
अमेरिकी सैन्य अभियान अन्तर्गत ईराकमा कार्यरत अमेरिकी सैनिकको अन्तिम टोलीले ईराक छोडेको छ । अन्तिम टुकडीका रुपमा रहेका अमेरिकी सेना आइतबार बिहान सडक मार्ग हुँदै ईराकी सीमाबाट कुबेत प्रवेश गरेको बिबिसीले जनाएको छ ।
सय वटा सैनिक वाहनमा ५ सय अमेरिकी सैनिक ईराकी मरुभूमिको बाटो हुँदै कुबेत पुगेका हुन् । अमेरिकी सैन्य अभियान औपचारीक रुपमा सकिएको घोषणा भएको ३ दिन पछि अन्तिम टुकडीले ईराक छोडेको छ । अब प्रशिक्षित १ सय ५७ अमेरिकी सैनिक र कुटनीतिक सुरक्षामा खटिएका केही सुरक्षाकर्मी मात्रै ईराकमा बाँकी छन् ।
गत बिहिबार ईराकको राजधानी बगदादमा फहराईएको अमेरिकी झण्डा झिकिएसँगै झण्डै ९ वर्ष लामो अमेरिकी सैन्य अभियान सकिएको हो । अभियान सकिएसँगै सुरक्षाको जिम्मा ईराकी सुरक्षाकर्मीलाई दिईएको छ । सन् २००३ को मार्चमा आक्रमण गरी ईराकको राजधानी बगदाद कब्जा गरेयता अमेरिकाले १५ लाख सैनिक खटाएको थियो ।
ईराक युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक र १ लाख भन्दा बढी ईराकी नागरिकको ज्यान गएको थियो भने अमेरिकाले युद्धमा एक खर्ब डलर खर्च गरेको थियो ।
Published on: Saturday, December 17, 2011
//
बिश्वमा
पुष ३,
फिलिपिन्समा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ४०० सय ३० पुगेको छ । सामुद्रिक आँधीका कारण आएको बाढीले दक्षिणी क्षेत्रमा धेरै असर पुर्याएको बीबीसीले जनाएको छ ।
ज्यान गुमाउने मध्ये सय जना मिन्डानाओ प्रान्तका छन् । अझै धेरै मानिस हराइरहेका र हजारौँ मानिस विस्थापित भएकाले ज्यान गुमाउनेको संख्या बढ्ने अधिकारीहरुले जनाएका छन् । आँधीका कारण फिलिपिन्समा भारी वर्षा हुँदा सबैजसो नदीहरुमा जलसतह निकै उच्च भएको छ ।
सरकारले उद्धारका लागि १० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।
Published on: Thursday, December 15, 2011
//
बिश्वमा
एजेन्सी, पुस १,
अमेरिकामा झण्डै २० प्रतिशत महिलामाथि जीवनमा एक पल्ट बलात्कार या बलात्कारको प्रयास हुने गरेको एक अध्ययनले देखाएको छ । अमेरिका स्थित रोग नियन्त्रण केन्द्रले राष्ट्रब्यापी रुपमा गरेको सर्वेक्षणका क्रममा २५ प्रतिशत महिलामाथि आफ्नै श्रीमान या साथीले यौन हिंसा गर्ने गरेको पाईएको छ ।
महिला मात्रै नभई पुरुष पनि आफ्नो श्रीमती या साथीबाट यौन हिंसाको शिकार हुने गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । हरेक सय जना पुरुषमा सात जना पुरुष आफ्नै जीवनसाथीबाट बलात्कारको शिकार भएको पनि केन्द्रले जनाएको छ । केन्द्रले बिहीबार जारी गरेको प्रतिवेदन अनुसार हरेक मिनेटमा २४ वटा बलात्कार, हिंसा तथा जिस्क्याउने घटना हुने गरेका छन ।
यस्तै एक वर्षको अवधिमा १० लाख महिलाले बलात्कारको मुद्दा र सवा करोड पुरुष र महिलाले यौन हिंसाको उजुरी गरेका छन् । केन्द्रले बलात्कारको यो आँकडा चिन्ताजनक रहेको भन्दै बलात्कारको शिकार भएका महिला र पुरुष मानशिक रुपमा विक्षीप्त हुने र दीर्घ रोगी बन्ने जनाएको छ ।
Published on: Wednesday, December 14, 2011
//
बिश्वमा
एजेन्सी, मंसिर २९,
अमेरीकी राष्ट्रपति बाराक ओबामाले इराकमा अमेरिकी सेना सफल भएको दावी गर्नु भएको छ । नर्थ क्यारोलिनामा भएको एक कार्यक्रममा ओबामाले इराकको युद्ध समाप्तिको पछाडी अमेरिकी सेनाको गम्भीर र महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
इराकमा अमेरिकी सेनाले देखाएको बहादुरी सह्रानीय भएको उहाँको भनाई छ । १५ लाख अमेरिकी सेनाले इराकमा सेवा प्रदान गरेको उहाँले बताउनुभयो । इराक युद्धका बेला ४५ सय अमरिकी सैनिक मारिएका र झण्डै तीस हजार घाइते भएका पनि उहाँले बताउनुभयो ।
ओबामाले गत अक्टोबरमा गरेको घोषणा अनुसार इराकबाट सेना फिर्ता बोलाइएको हो । इराकको युद्ध अन्त्य भएकोमा अमेरिका अत्यन्तै खुशी भएको पनि ओबामाले बताउनुभयो ।
Published on: Tuesday, December 13, 2011
//
बिश्वमा
एजेन्सी, मंसिर २८,
चीनमा भएको स्कुल बस दुर्घटनामा १५ जना विद्यार्थीको ज्यान गएको छ । चीनको जिंग्सु प्रान्तमा स्थानीय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई बोकेर घरतर्फ लगिरहेको बस सडकबाट पल्टिएर दहमा खस्दा दुर्घटना भएको बीबीसीले जनाएको छ ।
केही विद्यार्थीहरुको डुबेर तथा केही विद्यार्थीहरुको निसास्सिएर ज्यान गएको अधिकारीहरुले बताएका छन् । एक महिना अघि मात्र गान्सु भएको मिनिबस दुर्घटनामा १९ जना स्कुले बालबालिकाको ज्यान गएको थियो ।
सरकारले विद्यार्थी बोकेका बस दुर्घटना हुने क्रम रोक्न कडा नियम लागु गरेको भोलिपल्टै पछिल्लो दुर्घटना भएको हो ।