एजेन्सी, माघ ६,
शान्ति स्थापनाका लागि खटिएको नेटो सेनाको हेलिकोप्टर अफगानिस्तानमा दुर्घटना हुँदा ६ जना अमेरिकी सेनाको ज्यान गएको छ । बिहीबार अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा भएको दुर्घटनामा ६ सैनिकको ज्यान गएको नेटो सेनाका प्रवक्ताले बताएका छन् ।
हेलिकोप्टर कुनै कारबाहीका लागि नगएको सैनिक प्रवक्ताको भनाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । यद्धपी नेटो अधिकारीहरुले घटनामा आतंकवादी समूहको संलग्नता रहेनरहेको विषयमा छानबिन भैरहेको जनाएका छन् ।
हिमआँधिमा २९ जनाको ज्यान गयो
यसैबीच अफगानिस्तानमा हिमआँधिमा परी २९ जनाको ज्यान गएको छ । बदखसान प्रान्तको पूर्वी पहाडी क्षेत्रमा गएको सोमबारदेखि नै हिमआँधी चलेको सरकारी अधिकारीहरुले बताएका छन् ।
आँधीमा परेर ४० जना भन्दा धेरै घाईते भएका छन् । बदखसान प्रान्तको राजधानी फैजाबाद आसपास सडकमा दुई मिटरसम्म हिउँ परेकाले जनजीवन कष्टकर बनेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । – एजेन्सीको सहयोगमा
एजेन्सी, पुस २४,
सीरियाको छुट्टा छुट्टै स्थानमा भएको हिंसात्मक प्रदर्शनमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । स्थानिय समन्वय समितिका अनुसार होम्स र इदलीब शहरमा मात्र २१ जनाको मृत्यु भएको छ ।
यतिबेला अरब लीगका पर्यवेक्षक क्षेत्रीय शान्ति योजनाको समिक्षाका लागि सीरियामै भएपनि हिंसात्मक घटनामा भने कमि नआएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस अघि शुक्रबार भएको प्रदर्शनमा पनि कम्तीमा २६ जनाको ज्यान गएको थियो ।
यसैबिच, भारतले आफ्ना नागरिकहरुलाई सीरियामा भएको असहज परिस्थीतिका कारण उक्त देशमा नजान अनुरोध गरेको छ । सीरियामा भएका आत्मघाती हमलामा २६ व्यक्तिको मृत्यु भएपछि भारतको विदेशमन्त्रालयले यस्तो अनुरोध गरेको हो ।
– एजेन्सी पुष ९,
पाकिस्तानको खाइबर पख्तुन्ख्वा प्रान्तमा भएको आत्मघाती बम आक्रमणमा ६ जना सुरक्षाकर्मीको ज्यान गएको छ । अर्धसैनिक बललाई लक्षित गरी गराइएको आक्रमणमा परी अरु १२ जना घाइते भएको बीबीसीले जनाएको छ ।
खाइबरको बन्नु सहरबाट बजिरिस्तानको मिरानशाह सहर जोड्ने सडकमा गुडिरहेको अर्धसैनिक बलको गाडीमा आक्रमणकारीले बम लादिएको अर्को गाडी ठोक्काएर विस्फोट गराएको थियो । निकै शक्तिशाली विस्फोटका कारण आसपासका भवन र गाडीहरुमा समेत क्षति पुगेको स्थानीय प्रहरी अधिकारी मोहम्मद शाफिकलाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।
विस्फोटपछि केही व्यक्तिहरुले फायरिङ समेत गरेका भएपनि त्यसबाट क्षति भने नपुगेको प्रहरीको भनाई छ । प्रहरी अधिकारीको भनाई उद्धृत गदै मृतकको संख्या बढ्न सक्ने बीबीसीले जनाएको छ । तालिवान विद्रोहीले आक्रमणको जिम्मा लिएको छ । अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा पर्ने बन्नु सहर बजिरिस्थानबाट ४० किलोमिटर पूर्वमा पर्छ ।
एजेन्सी, मंसिर २३,
रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले संसदीय निर्वाचन पछि भएको विरोध प्रर्दशनलाई अमेरिकाले भड्काएको आरोप लगाउनुभएको छ । अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले बिरोध प्रदर्शनलाई उत्तेजक बनाएको पुटिनले आरोप लगाउनुभयो ।
रुसमा गत आइतबार सम्पन्न संसदीय चुनावमा सरकारले धाँधली गरेको भन्दै विशाल प्रदर्शन भएको थियो । चुनावमा धाँधली भएको भन्दै राजधानी मस्कोको सडकमा प्रधानमन्त्री पुटिन विरुद्ध हजारौँ मानिस प्रदर्शनमा उत्रिएका थिए ।
क्लिन्टनले ‘सिग्नल’ दिएपछि बिरोध प्रदर्शन सुरु भएको भन्दै पुटिनले रुसको आन्तरिक मामलामा बिदेशीको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभयो । ‘कुनै विदेशीको पैसाले हाम्रो देशको चुनावलाई प्रभावित गरोस भन्ने हामी चाहँदैनौँ’, पुटिनले सरकार नियत्रित टेलिभिजनसँग कुरा गर्दै भन्नुभयो, ‘केही चुनावका पर्यवेक्षकहरु पनि बिदेशीको इसारामा काम गरेका छन् ।’
केही संघसंस्थाले अमेरिका र यूरोपबाट पैसा लिएर देशको विरुद्ध काम गरेको पुटिनको भनाई थियो । संसदीय चुनावमा पुटिनको पार्टी यूनाइटेड रसिया पार्टीले बहुमत ल्याएको थियो । आफ्नो पार्टीले चुनाव जितेकोमा बिरोध गर्नेहरुले राजनीतिक प्रतिशोध साँधेको पुटिनले आरोप लगाउनुभयो ।
कायरो, (एजेन्सी) नोभेम्बर २२,
सैनिकको बलमा नियुक्त मन्त्रिपरिषदले राजीनामा दिएको भोलिपल्ट आज पनि इजिप्ट अशान्त रह्यो । हजारौ इजिप्टबासीहरु कायरोको ताहिर स्क्वायरमा भेला भएकाछन् । प्रहरी र प्रदर्शनकारीबीच लगातार तीनदेखि चलिरहेको हिंसात्मक भिडन्तमा परि २८ जनाको ज्यान गएको छ भने अरु हजारौ प्रदर्शनकारी घाइते भएका छन् । अर्को हप्ता हुन लागेको चुनावप्रति बिश्वस्त हुन नसकेपछि नागरिकहरु प्रदर्शनमा उत्रिएकाछन् ।
सैनिक अधिकारीहरु प्रति नागरिकको बिश्वास छैन । प्रदर्शनकारीहरुले शंका गरेका छन् की चुनावको परिणाम जस्तो सुकै आएपनि सैनिक नेतृत्व शक्तिमा रहिरहन चाहान्छ । उता सैनिक अधिकारीहरु भने राजनीतिक दलका नेताहरुसँग वार्ता गरिरहेकाछन् । मन्त्रिपरिषदले राजीनामा दिएपनि त्यो स्विकृत भयो की भएन अहिलेपनि थाहा छैन ।
संभावित बिजेता मानिएको मुस्लिम ब्रदरहुड अन्तरगत फ्रिडम तथा इक्वालिटी पार्टीले पनि सेनासँग भईरहेको वार्तामा सहभागिता जनाइरहेको कुरा बीबीसीले जनाएकोछ ।