Basnetg Big News Template Nepali Version

Basnetg.com - Premium WordPress Themes

पेट्रोलियमको मुल्य वढाउनु सरकारको वाध्यता-अर्थमन्त्री पुन I

Published on: Friday, January 27, 2012 //
दमौली,
माघ १३-अर्थमन्त्री वर्षमान पुनले पेट्रोलियमको मुल्य वढाउनु सरकारको वाध्यता भएको वताएका छन् ।नेपाल मगर विद्यार्थी संघको दमौलीमा शुक्रवारदेखि शुरु सातौं महाधिवेशनको उद्घाटन गर्दै मन्त्री पुनले अन्तरराष्ट्रिय वजारमा पेट्रोलियमको मुल्य वृद्धि भएकाले नेपालमा पनि मुल्य वृद्धि गर्नु परेको वताए । 

उनले विद्यार्थी आन्दोलनका कारण वढाईएको मुल्य वृद्धि पुन घटाईए पनि अव पुन परिवर्तन हुन नसक्ने जिकिर गरे । ‘राज्यले अझै पोट्रोलियममा घाटा वोहोरिरहेको छ,’ उनले भने, ‘अव पुन मुल्य घटाउने अवस्था तत्काल छैन ।उनले ठूला होटल, कारखानालाई राज्यले दिने अनुदान घटाएर मजदुर, विद्यार्थी र न्यूनस्तरका उपभोक्तालाई अनुदान वढाउने वारेमा छलफल गर्न अर्थमन्त्रीको हौसियतले आफु तयार रहेको वताए । 

‘ग्याँस, पेट्रोल र डिजेल खपत नगर्ने क्षेत्रका जनतालाई खपत गर्ने सरहको व्यवस्था जरुरी छ,’ उनले भने, ‘ति विषयमा समेत छलफलवाट निष्कर्षमा पुगौं भन्ने विद्यार्थीहरुसँग आग्रह गर्दछु ।उनले सांस्कृतिक र पीडित, उत्पीडनमा परेका जातिहरुको अधिकारलाई सुनिश्चित गर्न संघीय राज्य आवश्यक भएको वताए । पहिचान र सामर्थ्यलाई राजनीतिक दलहरुले भिन्नाभिन्दै अर्थ लगाउने गरेपनि जातीय राज्य वनाउनेमा निष्कर्षमा पुगिनेमा मन्त्री पुनले विश्वास व्यक्त गरे ।कार्यक्रममा सभाषद सुरेश आलेमगर, उर्मिला थापा ‘पार्वती’, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा लगायतले प्रत्येक जातजातिको संस्कृति, धर्म र भाषालाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

अब माओबादी लडाकु ३ दिन भित्रमा बिदा हुने I

Published on: Thursday, January 26, 2012 //
काठमान्डौ माघ १३ गते ।स्वेच्छीक अबकासमा जाने माओबादी लडाकुलाई ३ दिन भित्र विदाई गरिने भएको छ । लामो समय पछि विहान बसेको सेना समायोजन विशेष समितिको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले १७ गतेदेखी बिदायी गर्ने प्रस्ताब गर्नुभएको थियो । सोही प्रस्ताब अनुसार आजको बैठकले सहमति गरेको काँग्रेस नेता डा. रामशरण महतले जानकारी दिनुभयो ।सेना समायोजन विशेष समितिले स्वेच्छिक अबकासमा जाने लडाकुहरुकालागि व्यक्तिगत बैक खातामा रकम पठाउने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ । तीनीहरुले २ किस्तामा ५ देखी ८ लाख रुपैयाँ सम्म पाउने यसअघिनै निर्णय भइसकेको छ । यसअघि अवकाश रोज्ने लडाकुहरुलाई तत्काल विदा गर्न माओवादीकै वैद्य पक्षले अवरोध गरेपछि पुर्व निर्धारीत कार्यतालिका प्रभावित भएको थियो ।

सरकार कुशासनमा फसेको राप्रपा अध्यक्षको आरोप I

Published on: //
काठमान्डौ माघ १३ गते ।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकार कुशासन र भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउनु भएको छ । पार्टीको अञ्चल सम्मेलनका सिलसिलामा मध्यपश्चिम आउनुभएका थापाले आज नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा इतिहासमै सबैभन्दा भ्रष्ट अहिलेको सरकार रहेको आरोप लगाउनुभयो । उहाँले अहिले राजनीतिक सीण्डीकेट लागू गरेर शीर्ष तीन पार्टीले ब्रह्मलुट गरिरहेको दाबी गर्नुभयो । जेठ १४ मा संविधान बन्न सक्ने सम्भावना नरहेको बताउँदै उहाँले आपसी भागबण्डा गरेर बनाइएको संविधान स्थायी नहुने दाबी गर्नुभयो ।

सुचनाको बर्गिकरण संवन्धी नयाँ व्यवस्था प्रति सरोकारवालाहरुको आपत्ति I

Published on: //
काठमान्डौ माघ १३
सरकारका महत्वपुर्ण सुचना तथा निर्णयहरु सार्वजनिक गर्न नमिल्ने भन्दै सरकारले गरेको नयाँ व्यवस्थाको स्वतन्त्रताका पक्षधरहरुले विरोध गरेका छन । उनिहरुले सरकारले नियतबस सुचना लुकाउने योजना ल्याएर निरंकुशता र पंचायती शैली अप्नाएको टिप्पणी गरेका छन ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु, बरिष्ठ पत्रकारहरु, अधिकारकर्मी र लोकतन्त्रवादी नेताहरुले पनि सरकारको कदम प्रति चिन्ता र आशंका व्यक्त गरेका छन । पत्रकार महासंघले त सरकारी कदम तत्काल फिर्ता लिन सरकारलाई दवाव दिईरहेको महासंघका अध्यक्ष शिव गाउलेले जानकारी दिनुभयो ।पत्रकारहरुले केही दिन अगाडी देखि नै सरकारी कदमको विरोध गर्दै दवावका लागी अन्य कार्यक्रमहरुको समेत तयारी गरेका छन । फ्रिडम फोरमको सक्रियतामा आज राजधानीमा बरिष्ठ पत्रकारहरुले सरकारी कदम बारे छलफलको आयोजना गरेका छन ।

समितिको बैठकमा प्रधानमन्त्रीको आलोचना I

Published on: //

काठमाण्डौ, माघ १३,

व्यवस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिका सदस्यहरूले पटक पटक प्रधानमन्त्री डा. बाबुराम भट्टराई समितिको बैठकमा अनुपस्थित हुनुभएकोमा आपत्ति जनाएका छन् । गएको ९ गते प्रधानमन्त्री आफैले आजका लागि बोलाउन लगाएर फेरि अनुपस्थित हुनुभएकोले सभासद्हरू आक्रोसित भएका हुन् ।

चुरे क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा निकासी नरोकिएकोले त्यसबारे छलफलका लागि समितिले आज प्रधानमन्त्रीलगायत विभिन्न पाँचजना मन्त्रीहरुलाई बोलाएको थियो । समिति बैठकमा तीन जना मन्त्रीहरू मात्रै उपस्थित भएका थिए । सभासद् रत्न गुरुङले राष्ट्रिय सरोकारको विषयमा सरकार प्रमुखबाट बेवास्ता गरिनु दुःखलाग्दो भएको बताउनुभयो ।

मूल्यवृद्धिको विरोधमा आजदेखि विद्यार्थीहरूले दोस्रो चरणको आन्दोलन गर्ने I

Published on: //


काठमाण्डौ, माघ १३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आएका युवा तथा विद्यार्थी सङ्गठनहरूले आजदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएका छन् । सरकारले मूल्य केही घटाए पनि बढाइएको मूल्य पूर्ण रूपमा फिर्ता हुनुपर्ने विद्यार्थीहरूको माग छ । हिजो साँझ सरकारसँग भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि उनीहरूले आजदेखि दोस्रो चरणको आन्दोलन थाल्ने भएका हुन् ।

वार्तामा सरकारका तर्फबाट सहभागी आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता हुन नसक्ने बताउनुभएको थियो । युवा तथा विद्यार्थीहरूले आजदेखि शैक्षिक संस्था अगाडि सरकारी गाडी गुड्न नदिने, वृहत् अन्तक्र्रिया, विरोधसभालगायतका कार्यक्रमहरू गर्ने भएका छन् ।

प्रहरी मौनताको अर्थ I

Published on: //

काठमाडौ, माघ १३,

पाकेटमार समात्दा पनि हाकिमहरू लहरै बसेर पत्रकार सम्मेलन गरी आफ्नो 'बहादुरी' बयान गर्ने प्रहरी एक उच्च सुरक्षा अधिकृतले गरेको हत्याबारे भने यतिखेर मौन प्रायः बसेको छ । सशस्त्रका नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाले आफ्नै श्रीमती गीता ढकालको हत्या गरेको प्रकरणमा देखिएको प्रहरी मौनताले थुप्रै प्रश्न जन्माएको छ ।

प्रहरीले पीडितको उजुरीभन्दा 'डीआईजी' भएकैले पीडक कोइरालाको कुरा बढी पत्याउँदा घटनाको वास्तविकताको खुलासामा निकै समय खर्चिएको थियो । अहिले पनि प्रहरीले औपचारिक रूपमा यतिमात्र भनेको छ, 'उसले (कोइरालाले) घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छ ।'

हत्या कुन समयमा, कसरी भयो ? हत्यामा कस्तो हतियार वा वस्तुको प्रयोग भयो ? हत्याको कारण के थियो ? शव कसरी नष्ट गर्न खोजियो ? यस्ता थुप्रै प्रश्न छन्, जसको स्पष्ट जवाफ प्रत्येक आपराधिक घटनाका लागि अनिवार्य छ । अनौपचारिक रूपमा प्रहरीले दिने फुटकर बयानले घटनालाई झनै रहस्यमय बनाएको छ ।

प्रहरी स्रोतको हवाला दिएर कोइरालाको बयान यसरी आएको छ, 'झगडा हुँदा खुट्टा तेस्र्याइदिएको थिएँ, छिर्केनी लागेर (गीता) ढली । निकैबेर नउठेपछि छाम्दा मृत्यु भइसकेको रहेछ ।' के यो बयानले हत्यालाई दुर्घटनामा बदल्न मद्दत गर्दैन ? यो बयान कोइरालाकै हो वा उनीसँग बयान गर्न खटिएका प्रहरीमा छँदाका उनका एकै ब्याजका सुरक्षा अधिकारीको ? यदि कोइरालाले यस्तै बयान दिएका हुन् भने, बयानकर्ता सहकर्मीले किन सोधेनन्, 'त्यसोभए प्रहरीलाई खबर गर्नुको साटो तिमी आफैं शव बोकेर किन जलाउन पुग्यौ ?

कोइराला आफैंले शव जलाएको तथ्य पनि घटनाक्रमले पुष्टि गरिसकेको छ तर प्रहरी बोल्दैन । 'मैले दिनहुँजसो एसपी साबहरूलाई रन्जनले गीतालाई हतियार प्रयोग गरेर, खुकुरी हानेर, घाँटी थिचेर वा कसरी मार्‍यो भनेर प्रश्न सोध्ने गरेको छु । तर उहाँहरूले केही दिन पर्खनुस् भन्दै जवाफ दिनुहुन्न,' बिहीबार साँझ पनि हनुमानढोका पुगेर फर्केका गीताका काका रेवन्त ढकालले भने, 'अहिले पनि रन्जनमाथि डीआईजीकै जस्तो व्यवहार भइरहेको देखिन्छ ।'

कोइरालाको बयानमा संलग्न थिए, उनका प्रहरीकालीन एकै ब्याजे सहकर्मी एसपीद्वय राजेन्द्र श्रेष्ठ र सुरेशविक्रम शाह । प्रहरी इन्स्पेक्टरमा एकैजस्तो समयमा भर्ना भए पनि सशस्त्रतिर लागेकाले कोइराला डीआईजी भए । श्रेष्ठ यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख छन् भने शाह महानगरीय अपराध महाशाखामा कार्यरत छन् ।

कतिपय सन्दर्भमा डरधाक देखाउनेदेखि सामान्य हातपातसमेत गरिन्छ, अनुसन्धानका क्रममा । प्रहरी यातनाका थुप्रै घटना सार्वजनिक भइसकेका छन् । तर हत्याजस्तो जघन्य अपराधमा संलग्न कोइरालामाथिको अनुसन्धानमा भने उनका 'मित्र' हरूलाई अघि सारियो र 'भन न यार' को शैलीमा बयान लिइयो । बयानकर्ताको छनोटमा पनि प्रहरीका हाकिमहरूले विवेक प्रयोग गरेको देखिएन ।

अनौपचारिक कुराकानीमा कोइरालाका प्रहरी सहकर्मीले सञ्चारमाध्यममा चुहाएको भनाइ पनि आश्चर्यजनक छ । उनीहरू भनिरहेका छन्, 'त्यसले -रन्जनले) कसरी यस्तो गर्‍यो, हामीलाई अझै विश्वास लागेको छैन । उसँग बयान लिँदा आँसु नै झर्‍यो, निकै दुःख लागिरहेको छ ।' कोइरालाले अपराध स्वीकारिसकेका छन्, यतिमात्रै भनिरहेका छैनन् कि कसरी गरे त्यो कुकर्म । तर उनका सहकर्मी बयानकर्ता भनिरहेका छन्, 'हामीलाई अझै विश्वास लागिरहेको छैन ।' अपराधीले अपराध कबुल गर्दा पनि नपत्याउने अधिकृतहरू अनुसन्धानमा खटिरहेका छन्, उनीहरूका हाकिमले विश्वाससाथ खटाइरहेका छन् ।

पत्रकार सम्मेलनका क्रममा पनि आफ्नो पि्रय 'मित्र' को कर्तुत भन्नुपर्दा आँखाबाट आँसु झर्ला भनेर पो डराइरहेका छन् कि अनुसन्धानकर्ताहरू ? प्रश्न उठ्नु स्वाभाविक छ । पत्रकार सम्मेलनमार्फत घटना सार्वजनिक नगरिनुमा अनुसन्धान पूरा नभएको बहाना बनाइरहेको छ, प्रहरीले । तर कोइरालासँग बिहीबारबाटै सरकारी वकिलले बयान लिन थालिसकेका छन् । यो अवस्था भनेको प्रहरीको अनुसन्धान सकिएपछिको हो ।

सरकारी वकिलले बयान लिन थालिसकेपछि प्रहरीको काम भनेको कोइरालालाई सुरक्षितसाथ हिरासतमा राख्नु र बयान चलुन्जेल सुरक्षासहित सरकारी वकिलको कार्यालयसम्म पुर्‍याउनु र ल्याउनुमात्र हो । बयान सकिएपछि सरकारी वकिलको कार्यालय आफैंले अदालतमा मुद्दा दायर गर्छ । त्यसैले अनुसन्धान नसकिएको प्रहरी तर्क आफैंमा हास्यास्पद छ ।

उच्च प्रहरीस्रोतका अनुसार आइतबार कोइराला पक्राउ परेको दिनभर 'मतियार' हरू खडा गर्ने कसरतमा समेत लागेका थिए, उनका शुभचिन्तकहरू । तर गीता हत्या प्रकरण कोइरालाको एक्लो सनकको परिणाम भएको सार्वजनिक भएपछि र घटनाक्रमबाट पनि त्यसो गर्न सम्भव नदेखिएपछि त्यो प्रयास तुहिएको थियो ।स्रोत:सरोजराज अधिकारी/कान्तिपुर

आजबाट नेपालमा पनि सहकारी वर्षको औपचारिक शुरुवात I

Published on: //
काठमाडौं, माघ १३

नेपाल सरकारले शुक्रबारबाट राजधानीमा विशेष कार्यक्रम गरी सहकारी वर्षको उद्घाटन गरेर औपचारिक रुपमा मनाउन लागेको छ। संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तराष्ट्रिय सहकारी वर्षको रुपमा घोषणा गरेर मनाइरहदा उक्त अभियानलाई नेपाल सरकारले पनि औपचारिकरुपबाट शुरुवात गर्ने भएको हो।

विश्वमै सहकारीका माध्यमबाट आर्थिक रुपमान्तरणमा महत्वपूर्ण भूमिका खेलेकाले सुंयुक्त राष्ट्रसंघले सन् २०१२ लाई सहकारी वर्ष घोषणा गरेको छ। विभिन्न स्थानमा शुरु हुने जुलुस एकत्रित भएपछि खुलामञ्चबाट औपचारिकरुपमा उद्घाटन हुने कार्यक्रममा हजारौं सहकारीकर्मीहरुको सहभागिता रहने बताइएको छ।

यस वर्षको सहकारी नारा सहकारी ‘उद्यममार्फत सुन्दर विश्व’ तय गरिएको छ। सहकारीबाट विश्वमा ठूला राष्ट्रहरुमा आर्थिक विकासमा उदाहारणीय काम भएका छन्। नेपाल सरकारले पनि तीनखम्बे अर्थनीति अन्तर्गत सहकारीलाई उच्च महत्व दिएको छ। देशमा २६ हजार भन्दा बढी सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा रहेका छन्। सहकारी संस्था बढी नाफामुखी हुन थालेपछि केही सहकारीका कारण यस क्षेत्रमा विकृति र समस्याहरु पनि देखा पर्न थालेका छन्।

उक्त विकृति र ठगी नियन्त्रणका लागि अनुगमन र नियन्त्रणका संयन्त्रहरुलाई बलियो बनाउनु पर्ने र शेयर सदस्य भएर मात्र सहकारीमार्फत कारोबार गर्नुपर्नेमा जोड दिईएको छ ।स्रोत : हाम्रा कुरा

शहीद सप्ताहको चौथो दिन आज : शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदै I

Published on: //


काठमाडौं, माघ १३,

शहीद सप्ताहको चौथो दिन आज शहीद धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ । उहाँले अमरत्व प्राप्त गरेको ठाउँ काठमाडौंको सिफलमा आज विशेष कार्यक्रम गरिन्छ ।

विक्रम संवत १९६६ असोजमा काठमाडौंको ओमबहालमा जन्मेका धर्मभक्त तत्कालिन राजा त्रिभुवनका व्यायाम प्रशिक्षक हुनुहुन्थ्यो । धर्मभक्तले विक्रम संवत १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषदको स्थापना गर्नुभएको थियो ।

राणा शासनको बिरुद्धमा लागेकै कारण विसं १९९७ साल माघ १३ गते उहाँलाई काठमाडौंको सिफलमा बकैनाको रुखमा फाँसी दिईएको थियो ।

सडक पेटीमा व्यापार गर्न नपाएपछि आन्दोलनमा उत्रिए I

Published on: //
काठमाडौं, माघ १३,

सडक पेटीमा व्यापार गर्न रोक लगाईएपछि व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । आफुहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्दै उनीहरुले आजदेखि चरणबद्ध आन्दोलन गर्ने भएका छन् ।

सडक पेटीमा हुने व्यापारका कारण पैदल यात्रु र गाडीको आवतजावतमा समस्या परेको भन्दै सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क, जमल, बल्खु लगायतका क्षेत्रमा सडक पेटीमा व्यापार गर्ने व्यापारीहरुलाई पुस ७ गतेदेखि काठमाडौं महानगरपालिकाले हटाएको थियो । आफुहरुलाई कुनै विकल्प नदिई बलपूर्वक हटाईंदा रोजीरोटी गुमेकाले तत्काल व्यापार गर्ने ठाउँको व्यवस्था गर्न व्यापारीहरुले माग गरेका छन् ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष नारायण न्यौपानेले अस्थायी र स्थायी विकल्प बारे महानगरमा प्रस्ताव गरेपनि निर्णय गर्न ढिलाई भएको बताउनुभयो ।

तत्कालका लागि टुँडिखेलको वरिपरि एक लाईन तथा बागबजार, टुकुचा आसपासका भित्रि सडक तथा चत्रपथका विभिन्न क्षेत्रमा अस्थायी रुपमा राख्ने र पुराना बसपार्कमा महानगरपालिकाले निर्माण गर्ने योजना बनाएको व्यापारीक भवनमा पनि ठाउँ दिई दीर्घकालिन समस्या समाधान गर्न सकिने प्रस्ताव सहितको मागपत्र महानगरमा बुझाईएपनि कुनै जवाफ नआएको उहाँले बताउनुभयो ।

 काठमाडौं महानगरपालिकाले भने सडक व्यापारीहरुको समस्या स्थायी रुपमा समाधानका लागि आवश्यक गृहकार्य भईरहेको जनाएको छ ।उयालो नेटवर्क

अवकास रोज्ने लडाकूलाई विदा गरिने I

Published on: //
काठमाडौं, माघ १३,

स्वच्छिक अवकास रोज्ने माओवादी लडाकूको विदाइ प्रक्रिया थालिने भएको छ। लडाकु रेखदेख, समायोजन तथा पुनःस्थापना समितिको शुक्रबार बसेको बैठकले लडाकूको विदाइ प्रक्रिया तीन दिनभित्र थाल्ने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा समिति सदस्य रहेका माओवादी, कांग्रेस तथा एमाले नेता उपस्थित थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी तर्फका विशेष समिति सदस्य एवं अर्थमन्त्री वर्षमान पुनले स्वेच्छिक अवकासमा जाने लडाकूको औपचारिक विदाइ प्रक्रिया तीन दिनभित्र सुरु हुने जानकारी दिए। सुरक्षा निकायमा समायोजन हुने लडाकूलाई ब्रिजिङ कोर्सका लागि आवश्यक अवधारणा तयार पार्न प्रधानमन्त्रीले नेपाली सेनालाई निर्देशन दिने जानकारी उनले दिए।(नागरिक)

सदभावना पार्टी फेरि फुट्यो I

Published on: //


गोपाल परियार काठमाडौ, माघ १२,

केही महिना अघि पाँच सभासद सहित सदभावना पार्टीको विभाजित बनेको राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी का उद्योगमन्त्री अनिलकुमार झाको नेतृत्वमा चार सभासद सहित फेरि फुटेको छ ।

सभासद गौरी देबी कोइरी र रामनरेश रायले सदभावना पार्टी बाट बाहिरिएर राष्ट्रिय सदभावना पार्टी नामक नयाँ पार्टी गठन गरेका छन् । पछिल्लो विभाजनपछि अब संविधानसभामा दलहरुको संख्या ३४ पुगेको छ ।अब अध्यक्ष राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सरोजकुमार यादव सहितका तीन सभासदमात्र बाँकी रहेका छन् ।

नयाँ पार्टी गठन भएको बिहीबार नै सभामुख सुवासचन्द्र नेम्वाङलाई सभासदद्धयले जानकारी गराईसकेका छन् ।

नेपाल डिफेन्स आर्मीका सदस्यहरु पक्राउ I

Published on: //


गोपाल परियार , काठमाडौँ, माघ १२,

नेपाल प्रहरीले आज राजधानीमा पत्रकार सम्मेलन गरेर बम बिष्फोटन तथा फिरौती रकम असुलीका लागि फोन धम्की दिने नेपाल डिफेन्स आर्मीका ५ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।प्रहरीले उनीहरुबाट नेपाल डिफेन्स आर्मीको नाममा छापिएको कागजपत्रहरु, धम्की दिन प्रयोग गरिएका मोवाइलहरु तथा स्वदेशी तथा भारतीय सिमकार्डहरु समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ जिल्ला मोतिपुर–६ बस्ने २८ बर्षीय पुलिस विश्वास, सर्लाही जिल्ला शंकरपुर–९ बस्ने २६ बर्षीय प्रमोद कुमार महतो, मकवानपुर जिल्ला हेटौडा नगरपालिका–४ बस्ने २६ बर्षीय निर्मल लामा, नवलपरासी जिल्ला कोठथर–७ बस्ने ३० बर्षीय जगत बहादुर थापा र तनहुँ जिल्ला दमौली नगरपालिका–२ बस्ने २२ बर्षीय चाम बहादुर थापा(राजन) रहेका छन् ।

उनीहरुले मंसिर ६ गते काठमाडौँ थापाथलीस्थित युनाइटेड मिसन टु नेपालको कार्यालय अगाडी बम बिष्फोटन गराएको, गत पुस २२ गते काठमाडौँ न्यूरोड स्थित पिपलबोटमा बम बिष्फोटन गराउनुका साथै विभिन्न व्यापारी तथा सर्वसाधारणलाई स्वदेशी तथा विदेशी सिमकार्ड प्रयोग गरी धम्की दिई रकम माग गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

अध्यक्ष र प्राचार्यद्धारा विद्यालयमा मनपरी I

Published on: //
आश गुरुङ, लमजुङ, माघ १२ गते ।
लमजुङ सदरमुकाम बेसीशहरमा रहेको जनविकास उच्च माविका अध्यक्ष र प्राचार्यले मनलाग्दी गरेको भन्दै विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुले आपत्ति जनाएकाछन् ।
विद्यालय ब्यवस्थापन समितिका ६ जना सदस्य मध्ये ४ जनाले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी र प्राचार्य रत्नमान श्रेष्ठले मनपरी गरेको जनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य नरहरी पौडेल, गोविन्द बस्नेत, चन्द्रकान्त पौडेल र बिष्णु प्रसाद पौडेलले संयुक्त रुपमा पत्रकार सम्मेलनमा विज्ञप्ति जारी गरि शिक्षक नियुक्ति गर्दा, जिम्मेवारी दिँदा र विद्यालयको हरेक निर्णयहरुमा मनलाग्दी गरेको आरोप लगाएको छ ।
विद्यालय ब्यवस्थापन समितिमा ९ जना सदस्य रहेकोमा १ जना विदेश गएकाछन् भने १ जनाको मृत्यू भईसकेको छ । १ बर्षअघि मृत्यू भईसक्दा पनि अध्यक्ष र प्राचार्यका कारण मनोनयन हुन नसकेको आरोप ४ जना सदस्यले लगाएकाछन् ।
शिक्षक नियुक्ति गर्दा योग्यता र क्षमता मापदण्ड बनाउने नगरिएको, कक्षा ११ र १२ मा विषयगत र योग्यता अनुसारका शिक्षकबाट पठनपाठन नभएको र आर्थिक अनियमितता भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा विद्यालयको नेतृत्व पक्तिले ब्यवस्थापन समितिका सदस्यले दिएको सुझावलाई लत्याएको आरोप लगाउँदै यस प्रकारका मनपरीका बारेमा टुलुटुलु हेरेर बस्न नसकेका कारण बास्तविकता पर्दाफास गरेको उल्लेख गरिएको छ । ‘जनताको छोराछोरीको भविष्यमाथि खेलवाड गर्ने यस्ता कदमप्रति टुलुटुलु हेरेर बस्दैनौँ’ ब्यवस्थापन समिति सदस्य नरहरि पौडेलले भने । उनीहरुले आगामी दिनमा लाचार रुपमा विद्यालय ब्यबस्थापन समितिको बैठकमा सहभागी नहुने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।
लामो समयदेखि शिक्षक नियुक्ती विवादमा पर्दे आएको जनविकास उमाविमा अनियमितता हुन लागेको आशंकमा यस अघि जिल्ला शिक्षा कार्यालयले परीक्षा स्थगित गरेको थियो । निमावि तहको अंग्रेजी शिक्षक छनोटको लागि विद्यालयले लिखित परीक्षा लिन लागेपनि प्रश्नपत्र सार्वजनिक भएको गुनासो आएपछि जिल्ला शिक्षा कार्यालयले यस अघि परीक्षा स्थगित गर्न लगाएको थियो ।
निमावि तहमा अंग्रेजी शिक्षको दरबन्दी खाली भएपछि आब्हान गरेको विज्ञापनमा ६ जनाको दरखास्त परेपछि विद्यालयले लिखित परीक्षा लिन लागेको हो । परीक्षा शुरु हुने तयारी भईरहँदा प्रश्नपत्र सार्वजनिक भएको गुनासो आएको भन्दै जिल्ला शिक्षा अधिकारी नारायण प्रसाद भट्टले परीक्षा स्थगित गर्न निर्देशन दिएपछि परीक्षा रोकिएको थियो ।
विद्यालयमा गतवर्ष निजी श्रोतको विज्ञापन भएकोमा हाल आएर निमावि तृतिय श्रेणीसँगै परीक्षा लिएर शिक्षक भर्ना गरी विद्यालयलाई आर्थिक ब्ययभार बनाउने काम गरिएको विज्ञप्तीमा जनाईएको छ । दृष्टिीविहिनहरुले गत बर्ष तिहारमा भैलो खेली जम्मा गरेको रकम नदेखाएको, दृष्टिविहिन शिक्षा लेखाजोखा संयोजकमा अपाङ्गता ब्यक्तिलाई नराखी अन्यलाई राखेको, बार्षिक रुपमा चियानास्ता भनेर पचासौं हजार रकम घोटला गरेको लगायतका आरोप विज्ञप्तीमा लगाईएको छ ।

चितवनका निजी बिद्यालयहरुमा आजपनि पठनपाठन ठप्प I

Published on: Wednesday, January 25, 2012 //
प्रेम क्षेत्री, 
चितबन माघ १२-नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) चितवनले आव्हान गरेको अनिश्चितकालिन बोर्डीङ बन्दका कारण आज पनि चितवनका निजि बिद्यालयहरुको पठन पाठन ठप्प भएको छ ।विगतमा प्याव्सन चितवनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै इष्टुले हिजादेखि अनिश्चितकालिन बन्द आव्हान गरेको हो । 

नेपाल संस्थागत विद्यालय शिक्षक युनियनले सरकारी विद्यालयका शिक्षक, कर्मचारी सरह सेवा सुविधाको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएको छ ।

यसअघि पनि अनिश्चितकालिन संस्थागत विद्यालय बन्द गराएको इष्टुको मागको सम्वन्धमा प्याव्सनले गत कात्तिक १५ गते सहमति कार्यान्वयन गर्ने सहमतिपछि खुलेको थियो ।

पटक–पटकको बन्दले संस्थागत विद्यालयमा राम्रो पढाई हुन सकेको छैन भने बिद्यालय बन्दले परिक्षा नजिकिएका बिद्यार्थिहरु मर्कामा परेका छन् ।

सुकम्बासीद्वारा प्रधानमन्त्री निवास घेराउ I

Published on: //
काठमाडौ,
माघ १२-राजधानीका नदि किनारमा बस्दै आएका सुकुम्बासीहरुले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । विहान ८ बजे देखी ११ बजे सम्म उनीहरुले प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । वसोबासको ग्यारेन्टी बिना नदि किनारबाट आफुहरुलाई हटाउन नहुने माग राख्दै राष्ट्रिय सुकम्बासी मोर्चा नेपाल विगत लामो समय देखी आन्दोलनमा छ । 

वाग्मती सभ्यता अभियानले राजधानीका नदि किनारमा अतिक्रमित जग्गा सरकारी नाममा गराउने अभीयान थालेपछि सुकूम्बासीहरु अप्ठेरोमा परेका हुन् ।

पेट्रोलियम पदार्थमा बिद्यार्थीलाइृ छुट दिने सरकारको प्रस्ताब I

Published on: //
काठमाडौ माघ १२
पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि पछि बिद्यार्थी संगठनहरुले ब्यापक बिरोध गरेपछि सरकारले छुट दिने भएको छ । सरकारका तर्फबाट आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दे सरकारी कलेजका विद्यार्थीले परिचयपत्रका आधारमा प्रति सिलिन्डर ग्यासमा २ सय रुपैयाँ सहुलियत दिने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै मट्टितेलमा पनि ग्रामीण क्षेत्र, कम आय भएका र सरकारी कलेजका विद्यार्थीले महिनाको १० लिटरमा १० रुपैयाँ सहुलियत पाउनेछन । किसानलाई पम्प, ट्याक्टरमा प्रयोग गर्न डिजेलमा प्रतिलिटर ५ रुपैयाँ सहुलियत दिने प्रस्ताव गरेका पत्रकार सम्मेलनमा वाणिज्य मन्त्री भट्टले जानकारी दिनुभयो ।
याता सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा आन्दोलनरत युवा तथा १३ विद्यार्थि संगठनले आज थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दैछन ।
बाघ बजारमा केहीबेरमा बस्ने बैठकले अहिले सम्म भएको आन्दोलनका समिक्षा गर्नुका साथै थप रणनिति तय गर्ने नेविसंघका नेता रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मुल्य बृद्धि बिरुद्ध उपत्यका बन्द आयोजना गरेका युवा तथा बिद्यार्थी संगठनले अबको चरणमा प्रधानमन्त्री र मन्त्रीहरुलाई सिंहदरबार प्रबेशमा रोक लगाउने लगायत शसक्त कार्यक्रम ल्याउने भएका छन् ।
केही दिन देखी लगातार भईरहेको हरेक क्याम्पस अगाडी एक घन्टा चक्काजाम गर्ने कार्यक्रमलाई पनि यथावत राखेका छन । यस्तै पाल्पामा आन्दोलनरत विद्यार्थिले एउटा सरकारी मोटरसाइकल तोडफोड गरेका छन ।
यसैबचि, पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले काठमाडौँको थानकोटस्थित नेपाल आयल निगमको डिपो अगाडी धर्ना दिएका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै आज बिहान एक घण्टा डिपो अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका काठमाडौँ क्षेत्र नम्बर १० का कार्यकर्ताले पृथ्वी राजमार्ग अन्तर्गत थानकोट कलंकीखण्डमा यातायताका साधन सञ्चालनमा रोक लगाएका थिए ।
आकस्मिक रुपमा भएको यातायात बन्दका कारण यात्रुहरु पैदलै हिँडेर गन्तव्यमा पुग्न बाध्य भएका थिए । बन्दका कारण बाहिरबाट राजधानी भित्रन लागेका सयौं सवारी साधन नागढुंगामा लाइन लागेका थिए ।

शिर्ष तीन दलको बैठक आज पनि निश्कर्ष विहिन :"माओबादीसँग वार्ता गर्नुको औचित्य छैन" I

Published on: //
काठमाडौं, माघ १२,

शसस्त्र युद्धका बेला माओबादी ‘जनसत्ता’का निर्णय सदर गर्ने सरकारको निर्णयपछि टाढिएका दलहरु नजिक आउने प्रयास गरिरहेका छन्, तर उनीहरुको कुरा अझै मिल्न सकिरहेको छैन । दलहरुकोबीचको चिसिएको सम्बन्धमा सुधार ल्याउन आज बसेको प्रमुख दलका शिर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बैठक बसेको थियो ।

बैठकमा माओबादीले जनसत्ताका निर्णयलाई सदर गर्ने सरकारको निर्णयबाट पछि फर्कन नसकिने जनाएपछि बैठक निश्कर्ष विहिन भएको हो । प्रतिपक्षी दलहरुले माओबादीसँग वार्ता गर्नुको औचित्य समेत नभएको बताएका छन् । उनीहरुले माओबादी पुर्वसहमतिबाट धेरै पछाडी फर्कन खोजेको आरोप लगाएका छन् ।

बैठकमा काँग्रेसका सभापति शुशिल कोईराला, उपसभापति रामचन्द्र पौडेल डा रामशरण महत र एमालेका बरिष्ठ नेता माधव नेपाल, सचिव विष्णु पौडेल लगाएतका नेताहरु सहभागी थिए । माओबादीका तर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य लगायत सहभागि थिए ।सोलिडारिटी

जनसत्ताका कामलाई वैधानिकता दिने निर्णय फिर्ता नलिने माओवादी अडान I

Published on: //
काठमाडौं, माघ १२,

पछिल्लो समय राजनीतिक दलहरुबीच बढेको विवाद समाधान गर्न बसेको तीन राजनीतिक दलको बैठक बिनानिष्कर्ष सकिएको छ । माओवादीले जनसत्ताको कामलाई वैद्यता दिने सरकारी निर्णय फिर्ता गर्न नमानेपछि बैठक निष्कर्षबिहिन बनेको हो ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको बैठकमा तत्कालिन जनसत्ताको कामलाई मान्यता दिने सरकारी निर्णय फिर्ता गर्ने/ नगर्नेबारे कुरा मिल्न नसकेपछि तीन दलको बैठक बिनानिष्कर्ष सकिएको हो । सत्तारुढ माओवादी तथा विपक्षी कांग्रेस र एमाले पुरानै अडानमा रहँदा कुरा मिल्न नसकेको हो ।

माओवादीले जनसत्ताको कामलाई मान्यता दिने निर्णय फिर्ता गर्न नसकिने अडान लिएको छ । बैठकपछि माओवादी उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले जनसत्ताको कामको वैद्यता विवादका कारण शान्ति र संविधान निर्माणको काम अघि नबढे त्यसको दोष कांग्रेस र एमालेलाई जाने बताउनुभयो । तीन दलको बैठक बस्नुअघि बसेको माओवादी पदाधिकारी बैठकले पनि जनसत्ताको कामलाई मान्यता दिने निर्णयकै कारण शान्ति र संविधानको कामलाई अप्ठेरोमा नपार्ने ठहर गरेको थियो । तीन दलको बैठकमा कांग्रेस र एमालेका नेताहरुले भने जनसत्ताको कामलाई वैद्यानिकता दिने निर्णय फिर्ता नहुँदासम्म अरु काम अघि नबढ्ने बताएका थिए ।

बैठकपछि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सरकारले शान्ति सम्झौता विपरित गरेको निर्णय फिर्ता नहुँदासम्म शान्ति र संविधान निर्माणको काम अघि बढ्न नसक्ने तथा संसद बैठक पनि अवरुद्ध नै हुने बताउनुभयो । कांग्रेस नेता डा. रामशरण महतले अब, बल सरकार र माओवादीको कोर्टमा रहेको टिप्पणी गर्नुभयो ।

यसैबीच अहिले सत्तारुढ माओवादी र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ । कमल पराजुली/ उज्यालो नेटवर्क ।

आर्थिक समृद्धिको सरकारी कार्यक्रम आज घोषणा हुने I

Published on: //
काठमाडौं, माघ १२,

सरकारले आज आर्थिक समृद्धिको कार्यक्रम घोषणा गर्दैछ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दिउसो ३ बजे आफ्नै कार्यालय सिंहदरबारमा कार्यक्रम घोषणाको तयारी गर्नुभएको हो ।

आर्थिक समृद्धिको कार्यक्रममा सुशासन, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सहुलियत र बजेटमा परेका ठूला परियोजना कार्यान्वयनमा जोड दिइने अर्थमन्त्री बर्षमान पुन, अनन्तले जानकारी दिनुभएको छ ।

यस्तै भइरहेका कार्यक्रमको कार्यान्वयनलाई प्राथमिकता तथा मूल्यवृद्धिबाट असर पर्नेलाई राहत लगायत रोजगार र उच्च आर्थिक वृद्धिका लागि केही नयाँ क्षेत्र घोषणा गर्ने सरकारको तयारी छ । नयाँ कार्यक्रमले आम नागरिकमा सुधार र सुशासनको महसुस गराउने सरकारले दावी गरेको छ ।उज्यालो नेटवर्क

Feed!

RSS Feed!
RSS Feed!
RSS Feed!