Published on: Thursday, January 26, 2012
//
मनोरञ्जन
काठमाण्डौ, माघ १३,
मुम्बई हानिए पश्चात परिचय मार्फत नेपाली सिनेमामा कमब्याक भएका अभिनेता निखिल उप्रेती अभिनित चलचित्र परिचय शुक्रबारदेखि देशभरका सिनेमा घरमा लाग्दैछ ।
भारतीय निर्देशक आकाश पाण्डेद्धारा निर्देशित तथा उतैका निर्माता संजय नरेन्द्र निर्मित सो सिनेमामा भारतकै अभिनेत्री मोनिका बेदीले मुख्य भूमिका निवार्ह गरेकी छिन् । तर निखिल र मोनिकाको उपस्थितिमा भब्य प्रिमियर गर्ने योजना बनाएको परिचय यूनिटले हिरो हिरोईनलाई उपस्थित गराउन नसक्दा प्रिमियरको माहोल निकै साधारण बन्यो ।
काठमाण्डौको हिरारत्न सिनेमा घरमा आयोजित प्रिमियर शोमा मोनिका र निखिल बाहेक सिनेमा क्षेत्रका सिमित चलचित्रकर्मीको मात्र उपस्थिति थियो । अचानक आयोजना गरिएको प्रिमियरको निम्तो वितरक समेत रहेका सुनिल मानन्धरले अन्तिम समयमा थाहा पाउदा उनी पनि प्रिमियरको बिषयमा असन्तुष्ट रहे ।
करिब ९५ प्रतिशत छायांकन पोखरामा नै गरिएको उक्त चलचित्रमा मोनिका बेदी र निखिल उप्रेतीका अलावा सुशील क्षेत्री, नागेन्द्र रिजाल नबीन श्रेष्ठ, रस्मी भट्ट, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । पारिवारिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा शिब ढकालको छायांकन, शेखर सन्तोषको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द, शिव बिक र गोविन्द राईको नृत्य रहेको छ ।
दुई चलचित्र पनि आजैबाट प्रदर्शनमा
आजै शुक्रबारबाट अन्य दुई चलचित्र 'बिजयपथ' र 'सलाम छ मायालाई' पनि प्रदर्शनमा आएका छन् । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र 'बिजयपथ' मा निखिल उप्रेती, संचिता लुइँटेल, सुशिल क्षेत्री, पवित्रा आचार्य, मिथिला शर्मा लगायतले अभिनय गरेका छन् । यसैगरी दिपक खाँडले निर्देशन गरेको चलचित्र 'सलाम छ मायालाई' भने राजधानीका मात्र रिलिज हुनेछ । केहि बर्ष अघि मोफसलमा रिलिज भएको सो चलचित्रमा विराज भट्ट, गरिमा पन्त, कृष्ण भट्ट र रञ्जना शर्माले अभिनय गरेका छन् ।फिल्मीखबर
Published on: Wednesday, January 25, 2012
//
मनोरञ्जन
लस एन्जल्स (एजेन्सी), माघ १२,
लामो समयदेखि युटयुबमा सर्वाधिक हेरिने महिला सेलिबि्रटीको सूचीमा अग्रपंक्तिमा रहँदै आएकी गायिका लेडी गागालाई पछिल्लोपटक गायिकाले नै झट्का लगाइदिएकी छन् । रिहानाले ।
तीन दिनअघि सार्वजनिक बिलबोर्ड अनुसार रिहानाले युटयुबमा हालै भ्युअर संख्या दुई अर्बले बढाएकी छन् । सन् २०११ मा 'टक द्याट टक' स्टुडियो एल्बम सार्वजनिक गरेकी रिहानालाई युटयुबमा त्यसैको चर्चित गीत 'वी फाउन्ड लभ...' का लागि बढी खोजिएको थियो । उक्त गीत युटयुबमा २ अर्ब ६८ करोड पटक हेरिएको छ । यसले गागालाई एक स्थान तल झार्दै रिहानालाई युटयुब क्विनका रूपमा स्थापित गराउन सहयोग गरेको छ ।
रमाइलो त के भने, सन् २०१० को अक्टोबरदेखि गागा युटयुबमा एक अर्ब कटाउने पहिलो म्युजिसियन बनेकी
थिइन् । 'ब्याड रोमान्स...,' 'टेलिफोन...,' 'यु एन्ड आई...' र 'म्यारी द नाइट...' जस्ता लोकपि्रय गीत दिँदादिँदै पनि गागाले युटयुबमा सर्वाधिक खोजिएकी महिला सेलिबि्रटीको टयाग जोगाइराख्न असफल भएकी छन् । अर्कातिर, रिलिजको तीन महिनामै रिहानाको गीत 'वी फाउन्ड लभ...' ले एक अर्ब १५ करोड भ्युअर पाएको थियो । जे भए पनि, गागा र रिहाना दुवै युटयुबका लागि प्रभावकारी छन् । यी दुवै टिनएज सनसनी जस्टिन बिबरभन्दा निकै अगाडि छन् ।
Published on: Tuesday, January 24, 2012
//
मनोरञ्जन
नायिका मनिषा कोइराला अहिले मुम्बइमा छिन् । बलिउड र कलिउडकी नायिका मनिषा श्रीमानसँग डिभोर्स गर्ने निधो गर्दै केही समयअघि मुम्बइ हानिएकी थिइन् ।
मुम्बइ पुगेको केहीदिनपछि उनले आफ्ना पूराना साथीभाइलाई जम्मा पारी आफु लोग्नेसँग सम्बन्ध विच्छेद गर्ने अन्तिम तयारीमा पुगेको खुलासा मात्र गरिनन् फेरी बलिउडमा फर्किन चाहेको इच्छा समेत जाहेर गरेकी थिइन् ।
त्यसपछि मनिषाले मुम्बइमा के गरिरहेकी थिइन् भन्ने बारेमा थाहा पाइएको थिएन । तर एक्कासी मनिषाको बारेमा नराम्रो खबर बाहिर आएको छ ।
हालै मुम्बइको बर्सोवामा रहेको एक नयाँ रेस्टुरेन्टमा मनिषा रक्सीको नशामा लठि्ठएको अवस्थामा फेला परेकी छिन् । आफ्ना भुतपूर्व ब्वाइफ्रेन्ड प्रशान्त चौधरीले खोलेको रेष्टुरेन्टको उद्घाटन समारोहमा पुगेकी मनिषाले यतिधेरै रक्सी पिएकी थिइन् की उनले आफैलाई सम्हाल्न सकिरहेकी थिइनन् ।
भारतीय संचार माध्यमका अनुसार मनिषा कालो-खैरो रंगको पहिरनमा रेष्टुरेन्ट पुगेकी थिइन् । भुपु मायालुको निम्तोलाई स्विकारेर उद्घाटन समारोहमा पुगेकी मनिषाले त्यहीँ खुसीमा यति धेरै पिइछन् की उनी एक्लै घर जान सक्ने अवस्थामा समेत थिइनन् । उनलाई अरु हितैषीहरुले घरसम्म पूराइदिएका थिए । मुम्बइ हानिएकी मनिषाको यस्तो हालत भएको खबर सुनेर उनका नेपाली प्रसंसक समेत दुखी बनेका छन् ।अनलाईन खबर
Published on: Monday, January 23, 2012
//
मनोरञ्जन
दोहा, माघ १०,
प्रेम दिवसको अवसर पारेर कतारको दोहा सिनेमा हलमा यहि आउँदो फेब्रुअरी १० तारिखको दिन मिस यु को पहिलो प्रिमियर शो हुँदैछ । पृथक शैलीको प्रेम कथा र उच्च प्रविधी संयोजनमा निर्माण गरिएको मिस यु को प्रदर्शनको समय जति नजिकिदै आउँदैछ , त्यति नै यस चलचित्रको ग्लोवल मार्केटमा माग बढ्दै गएको कुरा शैलेन्द्र कठायतले बताए ।
नेपालमा फेब्रुअरी १७ तारिखको दिन रिलिज हुन लागेको सो चलचित्रको विदेशमा प्रदर्शनको लागि डिमाण्ड बढ्दै गएको विदेश विभाग प्रमुख सुमन गैरेले बताएका छन् । कतारको दोहा स्थित दोहा सिनेमा हलमा पहिलो स्क्रनीङ गर्न लागिएको उक्त चलचित्रमा नम्रता श्रेष्ठ, दिलीप रायमाझी र बरुण रानाको शीर्ष भूमिका रहेको छ भने किचमान चित्रकार र बाबु बोगटीको संगीत रहेको छ ।
नेपाल लगयात विदेशमा छायांकन गरिएको सो चलचित्रमा धिरज जंग शाह र राजु बिक्रम थापा छायांकार रहेका छन् भने कथा सुरज सुव्वा नाल्वोको रहेको छ । कतारको समय अनुसार दिनको २ बजेबाट प्रदर्शन गर्न लागिएको चलचित्रको टिकट दर १५ र २० कतारी रियाल मात्र रहेको कठायतले जनाएका छन् ।
Published on: Saturday, January 21, 2012
//
मनोरञ्जन
काठमाण्डौ, माघ ८,
आउँदो शुक्रबारबाट देशभरका अधिकांश सिनेमा घरमा रिलिज हुन लागेको चलचित्र 'परिचय' को पब्लिसिटीका लागि सोही चलचित्रका मुख्य पात्र निखिल उप्रेती र मोनिका बेदी नेपाल आउने या नआउने भन्ने बारेमा अन्यौलता देखिएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार उनीहरू रिलिजको पूर्व सन्ध्यामा नेपाल आउने भएका छन् तर अझै यकिनका साथ भने भन्न सक्ने अवस्था छैन ।
चलचित्र सुटिङका लागि केहि महिना अघि नेपाल आएका निखिल अहिले मुम्बईमा नै छन् भने नायिका मोनिका बेदी भारतिय मूलकै हुन् । यसैगरी चलचित्रका निर्देशक आकाश पाण्डे पनि अहिले मुम्बईमा नै छ । उनी पनि केहि दिनमा नेपाल आउने बताईएको छ । अहिले बितरक सुनिल मानन्धरले चलचित्रको प्रचार प्रसारको सम्पूर्ण जिम्मा सम्हालेका छन् ।
करिब ९५ प्रतिशत छायांकन पोखरामा नै गरिएको उक्त चलचित्रमा मोनिका बेदी र निखिल उप्रेतीका अलावा सुशील क्षेत्री, नागेन्द्र रिजाल नबीन श्रेष्ठ, रस्मी भट्ट, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । थुप्रै हिन्दी सिनेमाहरुमा मुख्य सहायक निर्देशक बनेर काम गरिसकेका निर्देशक आकाश पाण्डेको यो पहिलो नेपाली चलचित्रको निर्देशन हो ।
पारिवारिक कथाबस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा शिब ढकालको छायांकन, शेखर सन्तोषको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द, शिव बिक र गोविन्द राईको नृत्य रहेको छ । संजय नरेन्द्र र सुरेश सुमन यस चलचित्रका निर्माता हुन् । साभार:फिल्मीखबर
Published on: Friday, January 20, 2012
//
मनोरञ्जन
काठमाण्डौ, चलचित्रको कथा, प्रस्तुती, गीतसंगीत अनि कलाकारको अभिनय जति महत्वपूर्ण हुन्छ त्यतिनै महत्व लोकेशनको हुन्छ । चलचित्रको लोकेशन र प्रयोग गरिने प्रोपटिजले राम्रो चलचित्रको सुन्दरतामा निखार ल्याएको हुन्छ ।
यहि माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित चलचित्र 'काठमाण्डू' मा त्यस्ता प्रोपटिजलाई स्थान दिईएको छ जुन अन्य नेपाली चलचित्रमा अहिलेसम्म देखिएको छैन । चलचित्रमा बिश्वमा नै महंगो गाडीका रूपमा चिनिने फेरारी, लिमोजिन, ह्यामर प्रयोग गरिएको छ । यि महंगा गाडीलाई महंगो रकम तिरेर भाडामा ल्याई सुटिङ गरेको चलचित्रका निर्देशक आकाश अधिकारी बताउँछन् । किन गाडीकै लागि ठूलो रकम छुट्ट्याएको त ? आकाश थप्छन्, 'हामी सुन्दर र स्मार्ट देखिन जसरी राम्रा र महंगा कपडा लगाउँछौ त्यसैगरी चलचित्र भित्रको सुन्दरताका लागि हामीले गाडीमा कम्प्रमाईज गरेनौं । त्यसैमाथी अमेरिका पुगिसके पछि मरसिडिज र टोयोटाको पछि के लाग्नु ?'

यतिमात्र हैन नेपालमा छायाँकन गरिएको पार्टमा पनि कुनै कम्प्रमाईज नगरिएको आकाश बताउँछन् । उनी भन्छन्, 'चलचित्रको कथा जति मजबुत छ त्यति नै यस भित्र प्रयोग गरिएका प्रोपटिज र लोकेशन सुन्दर र आकर्षक छन् ।' चलचित्रको प्रोपटिजमा मात्र हैन गीतसंगीतमा पनि आकाशले राम्रै रकम खर्चेका छन् । भारतिय चर्चित गायकगायिका सुखबिन्दर सिंह, कैलाश खेर, सुनिधी चौहान, आरती कक्कड, सञ्जिवनी जस्तालाई काठमाण्डूमा समावेश गरिनु चानेचुने कुरा नभएको आकाशको धारणा छ । यि गायकगायिकाको स्वरले पनि चलचित्रको गुणस्तरमा थप टेवा दिएको उनको भनाई छ ।
यता आकाशले पब्लिसिटीमा पनि कुनै कम्प्रमाईज गरेका छैनन् । काठमाण्डू शहरका मुख्य चोक चोकमा ठूला ठूला होर्डिङ बोर्ड अनि मलहरूमा राखिएको डिजिटल स्क्रिनमा राखिएका काठमाण्डूका गीत प्रोमोले पनि बजेटलाई हाई बनाउन सहयोग गरेको छ । पहिलो पटक रेड क्यामेराले चलचित्र खिचेर क्वालिटीमा अर्को ईटा थपेका आकाश बजेट एक करोड भन्दा बढि भए पनि लगानी उठ्नेमा ढुक्क छन् । भन्छन्, 'चलचित्र राम्रो बनाएको छु । अहिलेका दर्शकले चाहेको चलचित्र मैले पस्किने प्रयास गरेको छु । त्यसैले लगानी उठाई फाईदामा जानेमा ढुक्क छु ।'
काठमाण्डौको परिवर्तित दृश्यहरुको सङ्ग्लो ऐनाको रूपमा परिभाषित गरिएको चलचित्र 'काठमाण्डू' मा आकाश अधिकारी, हलिउड कलाकार रिया मार्फी, रेश मरहठ्ठा, प्राप्ति घिमिरे, ममता प्रधान, संयुक्ता राणा, गौरी मल्ल लगायतले अभिनय गरेका छन् । चलचित्रमा राहुल प्रधानको संगीत रहेको छ ।फिल्मीखबर
Published on: Wednesday, January 18, 2012
//
मनोरञ्जन
काठमाण्डौ, एउटै समयमा आफू अभिनित दुई सिनेमा रिलिज हुदै गर्दा अभिनेत्री केकी अधिकारीलाई प्रोमोशनको पिडाले निकै सताए जस्तो देखिन्छ । फागुन पाँच गते गोपीकृष्ण मुभिजले निर्माण गरेको चलचित्र मायाको बारीमा र त्यसको अघिल्लो साता मेघा बजेटको आई एम सरीको रिलिज डेट तोकिएपछी केकीलाई प्रोमोशनको पिडाले सताएको हो ।
केकीका फेसबुक भित्ताहरूलाई चिहाउने हो भने प्रोमोशनको पिडाले उनी नराम्ररी छटपटिरहेको भान हुन्छ । यस्तै आफू अभिनित दुवै सिनेमाको प्रोमोशनबाट अबजस नपाउने रणनीति अनुरूप उनले दुवै सिनेमाको गित देखि अन्य सामग्रीको प्रोमोशन आफ्नो फेसबुक वालमा गरिरहेकी त छिन् तर अरू कसैको माध्यमबाट । प्रोमोशनका लागि तयार गरिएका केकीका दुई सिनेमाको गीतका युट्यूव लिंकलाई उनका साथीहरूले उनको फेसबुक भित्तामा पोष्ट गरिदिएका छन् ।
यो समाचार तयार पारून्जेलसम्म मायाको बारीमाका नायक एसराज गरचले आफ्नो फिल्मको प्रोमोलाई केकीको वालमा पोष्ट गरिदिएका छन् । जसबाट प्रष्ट हुन्छ कि प्रोमोशनको बिषयमा केकीले साथीहरूको साथ लिईरहेकी छिन् । सायद प्रोमोशनमा कुनै एक फिल्म तल पर्ने संकेतललाई बुझ्दै केकीले आफू विवादमा नतानिउ भनेर यो रणनीति अपनाएको देखिन्छ तर फिल्मीखबरले उनको रणनीतिलाई सजिलै पत्ता लगाएको छ ।
हालैको एक भेटमा केकीलाई एउटै समय तपाईका दुई सिनेमा आउदैछन् कसरी प्रोमोशन गर्नुहुन्छ भन्ने प्रश्नमा उनले प्रतिक्रिया दिएकी थिईनन् तर फेसबुकमा उनका मौन आवाजहरूले उनी प्रोमोशनको बिषयमा तटस्थ बस्न चाहन्छिन् । यध्यपी केकीको फेसबुक वालमा अरू कसैले उनका दुवै सिनेमाको गीत र प्रोमो लिंक राखिदिए पनि आई एम सरीको विभिन्न स्टील फोटोहरूलाई उनले आफै सार्बजनिक गरिरहेकी छिन् ।
आई एम सरी हरि महतको निर्माणमा दिनेश राउतले डेब्यू फिल्मको रूपमा निर्देशन गरेको चलचित्र हो । जुन माघ २७ गते देखि देशब्यापी रिलिज हुदैछ । चलचित्रमा आर्यनसंग केकीको अनस्क्रिन रोमान्स छ । केकी र आर्यनले एउटा म्यूजिक भिडियो संगै गरेका छन् भने आई एम सरी उनीहरूले काम गरेको पहिलो चलचित्र हो । फिल्मीखबर
Published on: Tuesday, January 17, 2012
//
मनोरञ्जन
काठमाण्डौ, गत पौषको पहिलो साता फिल्मीखबरले गायिका मल्लिका कार्की र हिरो दिवस उप्रेतीको दोष्तीको बारेमा समाचार प्रकाशित गरेको थियो । जस अनुरूप उक्त दोष्तीको निकटता ज्यादै रहेको आज आएर प्रमाणित भएको छ ।
नायक रमेश उप्रेतीका भाई दिबसले मल्लिकालाई आज साँझ अमेरिका उडाएका छन् । महिना दिनका लागि भनेर अमेरिका उडेका उनीहरू कहिले फर्किन्छन् त्यो त टुङ्गो छैन तर अमेरिका उड्नु अघि फिल्मीखबरसंगको कुराकानीमा दिवस दङ्ग थिए । अमेरिकाका विभिन्न स्टेटमा आयोजना हुने सागीतिक कार्यक्रममा मल्लिकाले गीत गाउने छिन् भने त्यो गीतको तालमा दिवस नाच्ने बताईएको छ ।
यस्तै दिवसकै टिममा संगीतकार शम्भुजित बाँस्कोटा र गायक विमल डागी पनि मंगलबार अमेरिका उडेका छन् । उक्त टोलीको नेतृत्व शम्भुजित बाँस्कोटाले गरेका हुन् । बाँस्कोटाले आफ्ना दर्जनौ सुपर हिट गीतहरूलाई अमेरिकी बासी नेपालीमाझ गाउने छन् ।
यस्तै बाँस्कोटाले नेपाली चलचित्रको अमेरिकी बजारको सम्भाब्य अध्ययन गर्ने योजना रहेको अमेरिका उड्नु अघि जानकारी गराए । पछिल्लो समय अमेरिकाले चर्चित गायक गायिकालाई समेत भिसा नदिईरहेको अवस्थामा शम्भुजितको हाईटलाई आधार मान्दै अमेरिकाले मल्लिका र दिवसलाई पनि भिसा दिएको हो । फिल्मीखबर
Published on: Monday, January 16, 2012
//
मनोरञ्जन
काठमाडौ, माघ ३ -
प्रदर्शनीअघि नै मुलुकभर च्यारिटी सो मार्फत चर्चा कमाएको फिल्म 'दसगजा' अब थाइल्यान्ड र हङकङ हुँदै कतार पुग्ने भएको छ । दोहास्थित खोटाङ सर्भिस सोसाइटीले फिल्मको च्यारिटी सो गर्न लागेको हो । आगामी फेब्रुअरी २४ कतारको दोहा सिनेमा हलमा दुई सो हुन लागेको फिल्मका निर्माता तथा कलाकार नवल खड्काले बताए ।

नेपाल-भारत सीमा समस्या र दसगजामा नेपालीले खेप्नुपरेको समस्यालाई लिएर निर्माण गरिएको फिल्मले डायस्पोराका नेपालीले पनि उत्तिकै मन पराएको नवलले दाबी गरे । हालै हङकङमा फिल्म प्रदर्शन गरेर आएका उनले आफूलाई हङकङस्थित नमोबुद्ध आमा समूह, हङकङ नेपाली महासंघ, खोटाङ समाज र किराँत राई चाम्लिङ खाम्बातिमले विषेश सम्मान गरेको समेत बताए ।
डायस्पोराबाट समेत फिल्मको माग बढ्नुले आफूले फिल्म मार्फत उठाउन खोजेको राष्ट्रियताको मुद्दा सही र सामयिक ठहरिएको उनले दाबी गरे । फिल्ममा उनीसँगै राजेश हमाल, निखिल उप्रेती, रञ्जिता गुरुङ लगायत कलाकारले अभिनय गरेका छन् । इकान्तिपुर
Published on: Sunday, January 15, 2012
//
मनोरञ्जन
काठमाण्डौ,सिनेमामा मात्र ब्यस्त रहने कलाकारहरू पछिल्लो समय समाजसेवामा पनि सक्रिय हुन थालेका छन् । कोही ब्यक्तिगत रूपमा सक्रिय छन् त कोही विभिन्न संघसंस्थाको आग्रहमा आफूलाई समाजसेवी बनाईरहेका छन् । यसै सन्दर्भमा एक पटक लागूपदार्थ दुर्व्यसनी विरूद्धको सदभावना दुत भईसकेकी अभिनेत्री रेखा थापाले आईतबार देखि दैवी प्रकोप नियन्त्रण अभियानका लागि सदभावना दुतको जिम्मेवारी पाएकी छिन् ।
प्रकोप पूर्व तयारी सञ्जाल (डिपीनेट नेपाल) ले पत्रकार सम्मेलन गदै थापालाई आउदो तीन महिनाका लागि सदभावना दुत घोषणा गरेको हो । यो तीन महिनामा रेखाले उक्त संस्थाले आयोजना गर्ने विभिन्न सभा सम्मेलन तथा ५० वटा जिल्लामा पुगी दैबी प्रोकपका बारेमा सचेतना फैलाउने बताईएको छ । सदभावना दुतका लागि तयार गरिएको एग्रीमेन्टमा डिपिनेटका अध्यक्ष मिन बहादुर क्षेत्री र रेखाले हस्ताक्षर गरेका थिए ।
रेखाले कलाकारको नाम भएपनि पावर नभएको गुनासो गर्दै प्रकोप नियन्त्रण अभियानलाई आफ्नो बल बुताले भ्याएसम्म सफल पार्ने प्रतिबद्धता ब्यक्त गरिन् । यस्तै उनले समाजसेवामा आफ्नो रूचि पहिले देखिनै रहेको बताउदै सदभावना दुतले एउटा इच्छा पुरा गरिदिएको भन्दै विना पारिश्रमीक उक्त कार्यका लागि हस्ताक्षर गरेको बताईन् ।
विपद ब्यावस्थापन ऐन कार्यान्वयन लागि तयार गरिएको मौस्यौदा अलपत्र परिरहेका बेला रेखा मार्फत राजनीतिक दलका नेतालाई समेत उक्त ऐन कार्यान्वयन गर्न आग्रह गरिने डिपीनेटको योजना छ ।
चैत २७ देखि रिलिज हुन लागेको रेखा फिल्मसको छैठो प्रोजेक्ट रावणको प्रोमोशनमा समेत खटिरहेकी रेखाले आफू निर्माता भएको प्रसंग निकाल्दै एउटा सिनेमा बनाउदा ४० जनाको रोजीरोटी प्रत्यक्ष पुरा गर्न सफल भैरहेको भन्दै आगामी दिनमा सिनेमा निर्माणको कार्यबाट समाजसेवाका कार्यलाई अझ अगाडी बढाउने बताईन् ।
पछिल्लो समय महानायक राजेश हमाल, करिश्मा मानन्धर तथा मह जोडी विभिन्न अभियानका सदभावना राजदुत भैरहेको अवस्थामा रेखालाई डिपोनेटले आफ्नो अभियान सफल पार्नका लागि रणनीतिक योजना अनुरूप सदभावना दुत बनाएको हो । फिल्मीखबर